विराटनगर/ ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आज देखि विराटनगरमा शुरु हुदैछ  । 

एक्स्पोका सम्पूर्ण तयारी पुरा भएको जनाउँदै आज शुक्रबार एक्स्पोलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने भएका छन्  । 

आयोजकका अनुसार यस पटकको मेलामा ३० हजार वर्ग फिटको नेपालकै सबै भन्दा ठूलो जर्मन प्रविधिका हेंगरमा निर्मित करिब २ सय ४० स्टलहरु सबै बुक भई सकेका छन् ।

महोत्सवलाई अकर्षक बनाउन पशुपतिनाथ र स्वयंभु प्यागोडा आकृतिको २५ फिट अग्लो मुख्य प्रवेशद्वार र ५५ फिट अग्लो आई.फिल. टावरको आकृति निर्माण गरिएको छ ।

साथै, मेलामा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु, सेल्फी जोन, किड्स जोन आदि राख्नुका साथै मुख्य आकर्षणको रुपमा नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार निर्माण गरिने छ भने यस मेलामा स्वदेश र छिमेकी मुलुकबाट करिब चार लाख दर्शकको आगमन हुने अपेक्षा लिएका आयोजकले जनाएको छ । 

एक्स्पोमा कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिका सह–आयोजकका रुपमा रहेका छन् भने यसको डायमण्ड स्पोन्सरमा महासैन दी हट्टी, श्री कृष्ण ट्रेडर्स, विराटनगर रहेको छ । 

यसै गरी यस एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश, उद्योग संगठन मोरङ, मोरंग अटोमोवाईल डिलर्स एशोसिएसन, नेपाल घरेलु तथा साना उद्योग महासंघ, विराट व्यापार संघ र प्याब्सन, विराटनगरले सहयोग गरिरहेका छन्  ।

एक्स्पोमा नेपाल, भारत वंगलादेश, पाकिस्तान लगायतका देशहरुबाट प्रर्दशकहरुको उपस्थिति रहेको छ ।

२ सय ४० अक्टानम स्टल मार्फत नेपालका घरेलु, साना,

मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ता बीच सुमधुर सम्बन्ध कायम गराइने छ

भने सुप्रसिद्ध कलाकारहरुको दैनिक प्रस्तुतिबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिने छ । 

स्वदेशी उद्योग÷व्यवसायको प्रवद्र्धन, नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका यस प्रदेशका अधिकांश वस्तुहरु सहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरु बीच व्यवसायीक सम्बन्ध र सहकार्य स्थापना,

यस प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार लगायत कैयौँ प्रवद्र्धनात्मक कार्यहरु गराउने प्रमुख उद्देश्य सहित यस औद्योगिक/ व्यवसायिक क्षेत्रको विकास एवं प्रवद्र्धनार्थ विशेष सहयोग पु¥याउने अभिप्रायले यस संघले यस वर्ष पनि सो एक्सपो संचालन गरेको आयोजकले जनाएको छ  ।