धरान/ ललितपुरको वालकुमारीमा शुक्रबार दुई युवाको ज्यान जाने गरी भएको घटनाको बिरोध गर्दै धरानमा पनि प्रदर्शन भएको छ ! धरानका बिभिन्न बिद्यार्थी संगठनहरु र राजनीतिक दलहरुले धरानको भानुचोक छुट्टा छुटै बिरोधसभा कार्यक्रम गर्दै गृहमन्त्रीको राजिनामा माग गरेका छन !

कोरिया भाषा परिक्षा(इपियस)परिक्षाको बिषयलाई लिएर शुक्रबार ललितपुरको वालकुमारीमा दुई युवाहरुको ज्यान जाने गरी भएको घटनाको बिषयलाई लिएर धरानमा पनि प्रदर्शन सुरु भएको छ !

दैलेखका सुजन रावत र अछामका बिरेन्द्र शाहको आन्दोलनका क्रममा ज्यान गएपछी नेपाली काङ्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्वबिउले छुट्टा छुटै बिरोध सभा कार्यक्रमको आयोजना गरी प्रदर्शन गरेका हुन !

उनिहरुले सरकारको चर्को आलोचना गरेका छन ! सरकारको लाचारीपनका कारण दुई युवाहरुले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै बिद्यार्थीहरुले गृहमन्त्रीको चर्को राजिनामा माग गरेका छन !

देशका नेताहरु आफ्नो स्वार्थमा लिप्त हुँदा देशका युवाहरु बिदेश पलायन हुन वाध्य भाईरहेको र अहिले युवाहरुले रोजगारीका लागि तातो गोली खानु परेको भन्दै राष्ट्रिय जनमुक्ती पार्टीका युवा नेता बिष्णु थाम्देनले गृहमन्त्रीको राजिनामा माग गरेका छन !

तिनै तहका सरकारले युवाहरुको लागि रोजगारी सिर्जना गर्न नसक्दा युवाहरुले गोली खानु परिरहेको भन्दै रास्वपा नेत्री सरिन तमाङले सरकारको चर्को आलोचना गरिन् !