धरान/ धरान उपमहानगरपालिकका प्रमुख हर्कराज साम्पाङ राईले आफ्नै कार्यकक्षमा राखेको राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर निकालेर किराँती राजा यलम्बरको तस्विर राखेपछि विवाद चरम उत्कर्षमा पुगेको छ ।

विवादकै कारण आज बसेको बैठक समेत एजेण्डामै प्रवेश नगरी स्थगित भएको छ ।

विहीबार मेयर हर्क साम्पाङले आफ्नै कार्यकक्षमा भित्तामा टासिएको प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर फालेर किराती राजा यलम्बरको तस्विर टाँगे । यसको चर्चा धरानमा मात्र रहेन सर्वत्र रहयो ।

लगत्तै शुक्रबार कार्यपालिका बैठक बस्यो तर कार्यपालिका बैठकमा एजेण्डा प्रवेश गर्न पाएन, कारण थियो फोटो हटाइएको विषय ।

कार्यपालिका अधिकांश सदस्यले तस्विर पुन टाँसिएको अवस्थामा मात्र वैठक बस्ने अडान लिए । तर मेयर हर्क साम्पाङले आफ्नो अडानलाई यथावत राखेपछि बैठक एजेण्डाभित्र प्रवेश नै नगरी स्थगित भएको हो ।

दिउँसो दुईबजेबाट शुरु भएको कार्यपालिका बैंठकमा बैठकको शुरुवातमै धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर पहिलाकै ठाउँमा टाग्न मेयर साम्पाङलाई अनुरोध गरे ।

उनँले फोटो यथावत स्थानमा नराखेसम्म बैठक अगाडि नबढ्ने चेतावनी दिएो ।

यस्तै कार्यपालिकाका अर्का सदस्य एवब् ७ नं. वडा समितिका अध्यक्ष जीवन सुवेदीले घरमा आफ्ना अभिभावकको उदाहरण दिँदै अभिभावकले आफ्नो कुरा नमान्दा अभिभावकलाई नै फाल्ने कतिसम्म सत्यता छ भन्ने प्रश्न गर्दै फोटो यथास्थानमा नराखेसम्म बैठक सञ्चालन नगर्ने बताए ।

यस्तै वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईले संविधानको खिलापमा गएर मेयर साम्पाङले धरानकै वेइज्जत गरेको प्रतिक्रिया दिए ।

उनले कही नभएको जात्रा हाडी गाउँमा भनेजस्तै संविधानमा उल्लेख भएको कुराको विपरीत उहाँ जान नमिल्ने र तुरुन्त फोटो साविकको ठाउामा राखे वैठक सुचारु हुने नत्र वैठक वहिष्कार गर्ने चेतावनी दिए ।

यस्तै कार्यपालिका सदस्य सिर्जना नेपाललले मेयर साम्पाङको अदूरदर्शिता तथा द्वैध चरित्रका कारण धरान दिनप्रतिदिन बद्नाम भएको बताइन् ।

उनीहरुमात्र हैन सबै कार्यपालिका सदस्य एउटै आवाज उठाएका थिए ।

उनीहरुले फोटो साविककै ठाउँमा नराखेसम्म बैठक नबस्ने बताएका थिए । उनीहरुले विगतमा मेयर साम्पाङको वृक्षरोपण अभियानमा प्रधानमन्त्री स्वयम् सहभागी भएको स्मरण गराउँदै कारणवस आउन नभ्याउँदा फोटो नै हटाउनुपर्ने बाध्यता के थियो भनेर प्रश्न समेत गरेका थिए ।

जबाफमा मेयर साम्पाङले धरान उपमहानगरपालिकालाई राज्यबाट उपेक्षा गरेको प्रतिक्रिया दिए ।

उनले आगामी पौष २० गतेदेखि ५ दिनसम्म हुन लागेको धरान उत्सवमा प्रधानमन्त्रीलाई आमन्त्रण गरे पनि अस्वीकार गरेको, खानेपानी, विमान स्थलमा असहयोग गरेका कारण केन्द्रका विरुद्धमा आन्दोलन स्वरुप फोटो हटाइएको जवाफ दिए ।

अन्त्यमा कार्यपालिका वैठकबाट नै निर्णय गरेर प्रधानन्त्रीलाई पुन: निमन्त्रणका लागि आवहान गर्ने प्रस्ताव मेयर साम्पाङले राखेपछि कार्यपालिका अधिकांश सदस्यहरुले फोटो साविककै ठाउँमा नराखे वैठक नबस्ने अडान लिएपछि बैठक स्थगित भएको् थियो ।