सुनसरी/सुनसरीको कोशी गाँउपालिकामा आउँदो चारवर्षमा नेकपा (एमाले) ले स्थानीय सरकार बनाउने उदेश्यकासाथ पार्टी सुदृढीकरण अभियान सञ्चालन गरेको छ । बिहिबार लौकहीमा आयोजित वृहद् भेला आयोजना गर्दै पालिकामा रहेका आठवटै वडाहरुमा जनताको घरदैलो र जनसरोकारका विषयहरुमा पार्टी नेता तथा कार्यकर्ताहरु परिचालन हुनेगरी योजना निर्माण गरेको छ ।

2222

जेष्ठ नागरिक भत्ताको सहजता र उपलब्धतामा सहजीकरण, विद्यालयमा बालबालिकालाई दिइदै आएको भत्ताको प्रयोगका विषयमा अनुगमन, एकल महिलाहरुलाई दिइने भत्ता पाएनपाएको निगरानी र सहजीकरण, अपाङ्ग, दलित महिला भत्ता, बालबालिका र ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई दिइएने निशुल्क स्वास्थ्य उपचार लगायतका विषयमा नेकपा एमालेले अनुगमन र जनताकाबीचमा पुगेर सहजीकरण गर्ने योजना बनाएको छ ।

3333

 

नेकपा (एमाले) ले देशव्यापी सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत एमालेका सम्पूर्ण नेताहरु पालिकाका जनताको घरदैलोमा परिचालन हुने नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा कोशी गाँउपालिका खटिएका अभियन्ता भीमज्वाला राईले जानकारी गराए । राइका अजनुसार पालिकामा रहेका ८ सय १६ पार्टी सदस्यहरुलाई अध्यावधी गर्ने र चैतभीत्र १ सय ५० नयाँ सदस्य वितरण गर्ने योजना बनाउदै सबै वडाहरुको बैठक चैत १५ भीत्र सम्पन्न गर्ने, मजदुर, किसान, महिला, युवा, मुक्ति समाज लगायतका जनसंगठनहरु निर्माण गर्दै पुराना वामपन्थी अग्रजहरुको विवरण तयार गरी जेष्ट कम्युनिष्ट मञ्च गठन गर्ने र पार्टीमा योगदान गर्ने पुराना अगुवाहरुलाई पार्टी स्थापना दिवसको अवसरमा बैशाख ९ गते सम्मान गरिने बताए । भेलाले रामखलन साहको अध्यक्षतामा १९ सदस्यीय नेकपा (एमाले) कोशी गाँउपालिका कमिटी सचिवालय गठन गरेको छ ।

4444

 

भेलामा नेकपा (एमाले) कोशी प्रदेश सदस्यहरु बद्रीप्रसाद घिमिरे, भीमज्वाला राई, अजय कुसियैत, नारायण परियार, रामप्रसाद मेहता, बिमल कार्की अभियन्ताका रुपमा सहभागी थिए । त्यस्तै नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी सचिव पर्शुराम यादव, जिल्ला सदस्य तारानन्द मटियैत लगायतको सहभागीता थियो । पालिका अध्यक्ष रामखलन साहको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन सचिव सुरेन्द्र पाठकले गर्नु भएको थियो । भेलाले रामप्रसाद गोदियारको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल किसान महासंघ कोशी गाँयपालिका कमिटी गठन भएको छ ।

    5555