धरान /  स्वतन्त्र उम्मेदवारीमार्फत मेयर पदमा निर्वाचित भएका हर्क साम्पाङ आगामी जेठ मा अस्ट्रेलियामा साक्षात्कारका लागि जाने भएका छन्। 

लाहुरी टिभीको आयोजनामा हुने कार्यक्रममा श्रमदानलगायतका विषयमा धरान उपमहानगरपालिकाका मेयर साम्पाङले अनुभव साट्नेछन्। 

सामाजिक सञ्जालमा चर्चित रहेका साम्पाङ विभिन्न विषयमा टिप्पणी गरेका कारण बिख्यात बनेका छन्। उनले अस्ट्रेलियामा रहेका नेपाली समुदाय, विद्यार्थीलगायतसँग अन्तरसंवाद गर्नेछन्।