धरान / धरान १६ मा रहको नवोदय विद्या मन्दिरको प्राङ्गणमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहद्वारा निःशुल्क मुटुरोग परीक्षण सम्पन्न गरिएको छ । सो अवसरमा  ६२ जनाले परीक्षण गराएका थिए ।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहले स्कुलका अभिभावक लगायतको मुटुरोग परिक्षण गरेका हुन् । परिवर्तनका लागि सामाजिक अभियान धरानको आयोजना र नवोदय विद्या मन्दिर बोर्डिङ स्कुल र यु.एन. कलेजको सहकार्यमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरेर निःशुल्क  मुटु परीक्षण गरिएको थियो ।

339309535_144081798355069_6262416569789562614_n

सो अवसर।मा मुटुरोग परीक्षणका साथै सुगर परिक्षण गरिएको थियो । सो अवसरमा निःशुल्क औषधि वितरण गरिएको यु.एन. नवोदय हेल्पिङ ह्यान्डका सम्योजक राम लिम्बुले जानकारी दिए । 

339397378_1385764035571296_7848960221730796998_n

घर नजिकै निःशुल्क स्वाथ्य चेक जाँच गर्न पाउँदा सर्वसाधारण हर्षित देखिन्थे । धरान–१६ का ७४ बर्षिय सर्बध्वज लिम्बुले घर नजिक निःशुल्क मुटु जाँच गराउन पाएकोमा  खुशी व्यक्त गरे  । उनले भने–‘नवोदय बोर्डिङले हाम्रा लागि साह्रै राम्रो काम गरेको छ ।’

339560466_1660266347762218_2593306816759687027_n

 धरान–१६ कै दिल कुमारी रामदामले  आफ्ना सन्तान अध्ययन गर्ने स्कुलमा सुगर र मुटु जाँच गराएर नि;शुल्क औषधि पाउँदा खुशी व्यक्त गरिन् ।  

विद्यार्थीहरु मात्र नभएर अभिभावकहरु पनि स्वस्थ हुनुपर्छ  भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको स्कुलका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले बताए । उनले डा. प्रशान्त शाह सहित सम्पूर्ण टिमलाई धन्यवाद दिए ।

339168311_151818777815153_6522525898057808904_n