नडाहा / छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकप २०७९ को फाइनलमा काठमाण्डौको क्षमादेवी प्लानिङ व्याइज युनाइटेड काठमाण्डौ प्रवेश गरेको छ ।

आइतबार भएको सेमी फाइनल खेलमा सुनसरीको जागृती युवा कलबलाई क्षमादेवी प्लानिङ ब्वाइजले ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल गर्दै जित हात पारेको हो । 

निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । 

ट्राइबेकरमा राष्ट्रिय जागृति क्लव सुनसरीबाट प्रवेश दनुवार, सुमित चौधरी, सुदिप खड्का, रमेश राजवंशीले गोल गरे भने उमेश कार्कीले गोल गर्न चुकेका थिए र यस्तै  प्लानिङ ब्वाइज युनाइटेडबाट विशाल दर्जी, सोनिम मगर, स्टेभ, विवश मगर, राम शाहफे गोल गर्न सफल भएका थिए । खेलको  म्यान अफ द म्याच प्लानिङ ब्वाइजका गोलकिप्पर  लोकेश चौधरी घोषित भए । उनले नगद रु ५हजार प्राप्त गरे ।

प्रतियोगितामा विजेता हुने टिमले  नगद ४ लाख, द्विने टिमले नगद २ लाख सहित ट्रफी प्राप्त गर्नेछन् । सोमबारको दोस्रो सेमिफाइनग खेल   कञ्चन्जङ्गा फुटबल क्लव इन्डिया र डिवाइन  ब्वाइज युनियन क्लव काठमाडौँ  बिच हुने आयोजकले जनाएको छ ।