विराटनगर /  पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु (लाजेहाङ) को शव परिक्रम तथा श्रद्धाञ्जली सभामा निषेधित क्षेत्रमा निषेधित क्षेत्रमा प्रवेश गर्दा प्रहरीले रोक्ने क्रममा दुवैतर्फ झडप भएको् थियो । 

झडपमा परी ६ जना प्रहरी र चार जना पहिचानवादी घाइते भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा झडप भएको थियोे । झडपमा परी तीन जना प्रहरी र ६ जना आन्दोलनकारी पनि घाइते भएको पोखरेलले जानकारी दिए । निषेधित क्षेत्रमा प्रवेश गरेपछि पहिचानवादीविरुद्ध प्रहरीले ८१ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

दोहोरो झडपमा एक जना प्रहरीको टाउकोमा चोट लागेको र उनको विराटनगरको न्युरो अस्पतालमा उपचार गरिएको थियो । यस्तै पहिचानवादीतर्फ घाइते भएका झापा शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ । आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ ।

andolan-ghaite-pic

एसपी पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा उनलाई बारको ब्लेडले काटेको थियो । यस्तै इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाइते भएका छन् । उनीहरू तीन जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ । कोशी नाम खारेजीको माग चैत्र ५ गते भएको आन्दोलनको क्रममा पदम लिम्बु (लाजेहाङ) घाइत भएका थिए । 

घाइते लाजेहाङको चैत्र ८ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । चैत्र १० गते उनको उपचारकै क्रममा मृत्यु भएको् थियो । मृत्यु भएपछि पहिचानवादीहरुले राज्यबाट लाजेहाङलाई राष्ट्रिय सहीद घोषणको माग गर्दै आएका थिए पहिचानवादीहरुको माग सम्बोधन भएपछि शनिवार धरान, इटहरी र विराटनगरमा शव परिक्रममासँगै श्रद्धाञ्जलीसभाको आयोजना गरेका थिए ।

एक महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा राखिएको लिम्बुको शवलाई अन्त्येष्टी  गर्नु अघि धरान, इटहरी र विराटनगरमा शव यात्रा र श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । शव बेलबारी लैजानुअघि विराटनगरमा प्रहरीसँग झडप भएको थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयअघिको बाटोलाई निषेधित क्षेत्र बनाइए पछि शव यात्राको लागि पुगेका पहिचान पक्ष र प्रहरीबीच केहीबेर झडप भएको थियो ।