धरान /  बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो ।

मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

यसअघिको निर्वाचनमा बारा २ बाट  जसपाका रामसहाय प्रसाद यादव विजयी भएका थिए