धरान / सञ्चारकर्मी माथि सामाजिक सञ्जालमा मर्यादित व्यवहार देखाएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईको अभिव्यक्ति प्रति यहाँका राजनितिक दलले आपत्ति जनाएको छ । 

धरानमा रहेका ५ वटा राजनितिक दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सञ्चारकर्मीमाथि सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरी सञ्चारकर्मीहरुमाथि धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले अमर्यादित व्यवहारप्रति ध्यानाकर्षण भएको बताउदै आपत्ति प्रकट गरेको हो । 

नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजंग हेभेङ, नेकपा माओवादी केन्द्रका धरान नगर अध्यक्ष सूर्यबहादुर भट्टराई ९मनोज०, जनता समाजवादी धरान नगर कमिटीका अध्यक्ष ताजुव लिम्बु, नेकपा एसका धरान नगर अध्यक्ष रेवतीरमण राईद्वारा संयुक्त हस्ताक्षर सहितको विज्ञप्ती जारी गरेका छन् । 

विज्ञप्तीमा भनिएको छ, ‘जुन व्यवस्था र संविधानमा टेकेर उहाँ धरानको नगर प्रमुख हुनुभएको छ त्यसको विपरीत हुने गरी नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि पटक–पटक धावा बोलिरहेको हामीले महसुस गरेका छौं ।’ संविधान निर्माणमा नेपाली सञ्चार क्षेत्रले खेलेको भूमिका र त्यागको उच्च सम्मान गर्दै वर्तमान संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गरिएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मेयर साम्पाङलाई लोकतन्त्र स्थापनामा सञ्चारकर्मीहरुले खेलेको भूमिकाको मूल्यांकन गर्न अनुरोध गरेका छन् । लोकतन्त्रमा हरेक नागरिकलाई आफ्ना विचार र धारणा कुनै पनि माध्यमबाट अभिव्यक्त गर्ने अधिकार सुरक्षित हुन्छ । स्थायी प्रतिपक्षीको भूमिका निर्वाह गर्नु प्रेसको धर्म हो ।’ विज्ञप्तीमा उल्लेख गरेका छन् । उनीहरुले मेयर राईलाई राजनैतिक दलहरूले प्रेसले गरेका आलोचनालाई सुझावका रूपमा ग्रहण गर्न अनुरोध गरेका छन्

उनीहरुले नागरिकहरूको सूचनाको हकको रक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि सक्रिय सञ्चारकर्मीहरूलाई अविचलित भई पेसागत जिम्मेवारी पूरा गर्ने वातावरण सिर्जना गर्न जोडदार माग गरेका छन्