धरान / धरान उपमहानगरपालिका वडा नं. ५ मा रहेको निशानदेवीको मन्दिर । जुन मन्दिर ऐतिहासिक, पुरातात्विक सम्पदाको रुपमा लिन सकिन्छ । धरान उपमहानगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको सूचिमा राखेको छैन भने यसको संरक्षणमा चासो पनि दिएको छैन ।

साविकको पाचकन्या गाविस तथा हालको धरान उपमहानगरपालिका वडा नं. ५ मा पर्ने धार्मिक क्षेत्रको रुपमा रहेको निशानदेवी मन्दिर  भगनावेश अवस्थामा रहेको छ । पौराणिक इतिहास बोकेको मन्दिर भए पनि यसको संरक्षणमा नगरपालिकाको चासो देखाएको पाइदैन ।

nishan-devi-mandir-pic

३० बर्ष अगाडि यो मन्दिर जस्तो थियो अहिले पनि त्यस्तै अवस्थामा रहेको पुजारी विदुुर भण्डारी बताउछन् । मन्दिरको स्थापनाको विषयमा सबैको एक मत नभए पनि पौराणिक कालमा विजयपुरको निशानाको रुपमा यो मन्दिर स्थापना भएको पूजारी भण्डारी बताउछन् । उनले भने–‘यो मन्दिर पुरानो मन्दिर हो, स्थानीय जसोतसो संरक्षण गरेका छन्, नगरपालिकाले यो मन्दिरको विषयमा एक पटक पनि चासो देखाएको छैन ।’

धरानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अगाडि सारेको धरान उपमहानगरपालिकाको आखा सम्म यो मन्दिरसम्म पुग्न नसकेको स्थानीको भनाई छ ।। जीर्ण भत्किन लागेको यो मन्दिर संरक्षणसँगै मन्दिर आसपासमा घेराबेरा गरिदिने कामलाई अगाडि बढाउन लागिएको धरानका समाजसेवी अशोक अग्रवाल बताउँछन् ।

उनले भने–‘यो मन्दिर संरक्षणको अभावमा नामेट हुने अवस्थामा पुग्न लागेको देखिन्छ, यसको संरक्षका लागि घेराबार गर्ने, वाल लगाइदिने कामका लागि हामी पहल गरिरहेका छौं ।’

सकारको आँखा नपुगेपनि स्थानीयले यो मन्दिर आफूहरुले संरक्षण गर्दै आएको स्थानीय परशुराम बुढाथोकी बताउछन् । उनले ऐतिहासिक मन्दिर भएपनि संरक्षणको अभावमा जीर्ण बन्दै गएको उनको भनाई छ ।

धरान उपमहानगरपालिकाले धरानको विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या, पाथीभरा र विष्णुपादुकालाई धार्मिक क्षेत्रको विकास गरेर लाने योजना राखे पनि पुरानो तर ऐतिहासिक महत्व बोकेको निशानदेवी मन्दिरको संरक्षणमा खासै चासो देखाएको छैन ।

यो मन्दिरका छाना चुहिने अवस्थामा पुगेका छन् भने मन्दिरका भित्ता भत्केर जीर्ण बनेका छन् । यस्ता ऐतिहासिक, पुरातात्विक महत्व बोकेका मठ मन्दिरको संरक्षणमा अब स्थानीय सरकार गम्भीर भएको पाइदैन । यस्ता ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण नहुने हो भने नामेट हुने अवस्थामा पुग्न सक्ने भन्दै स्थानीयले स्थानीय सरकारलाई संरक्षणका लागि पहलकदमी गरिदिन आग्रह समेत गरेका छन् ।