धरान / चर्चित लोकपप गायक तथा कलाकार कुमार न्यौपानेले ‘मेरी स्वास्नी पोइला गई’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका छन् । 

उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीत टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । यो गीत स्पोटिफाई, युट्युब म्युजिक र एप्पल म्युजिकमा पनि उपलब्ध छ । ‘मेरी स्वास्नी पोइला गई’ भिडियो गीतमा कुमार आफैंसँगै चर्चित पहलवान अस्मिता जुरेली, भगवती खड्का[युनिका], अमितजंग कार्की, कुसाङ रुम्बालगायतका कलाकार छन् ।

गीतकार दीपक पौडेलले लेखेको गीतमा कुमार न्यौपानेको संगीत र बाबुल गिरीको एरेन्ज छ । ’मेरी स्वास्नी पोइल गई’ हास्य र मनोरञ्जनको अनुपम मिश्रणको साथ सुन्न लायकको गीत हो ।

न्यौपाने गायकसँगै विज्ञापन निर्माता, भ्वाइस ओभर आर्टिस्ट र म्युजिक भिडिओ निर्देशक पनि हुन् । न्यौपानेको गृहजिल्ला दोलखाको खरिढुङ्गास्थित सुन्दर स्थानमा छायांकन गरिएको  गीत रमाइलो र मनोरञ्जनात्मक छ । सुँगुरले भिडियोमा थप रमाइलो थपेको छ ।

कुमार न्यौपानेका यसअघिका ‘ढाका टोपी मैलो’, ‘जुलुस’ र ‘हङ्कङ बजारमा’ जस्ता गीत नेपाली दर्शकमाझ अझै लोकप्रिय छन् ।

https://www.youtube.com/watch?v=MQXk7Dbf2xs