धरान / गत मंगलबार भएको एसिसि प्रिमियर कपको उपाधि हासिल गरेका नेपाली क्रिकेट खेलाडिहरुलाई सरकारले ६ लाख रुपैया दरले पुरस्कार दिने भएको छ ।

नेपाली टोलिलाई जनही ६ लाख रुपैयाका दरले पुरस्कार दिने र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाका दरले पुरस्कार दिने बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।

युएइलाई ७ विकेटले हराउँदै एशिया कपमा नेपाल छनौट भएको छ । एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ ।