धरान / भारी मात्रामा गाजासहित दुई जनालाई शसस्त्र प्रहरी बल सुरक्षा वेश फुस्रेले दुई जनालाई पक्राउ गरेको छ ।

आज विहान सशस्त्र प्रहरीले शंका लागि चेकजाच गर्ने क्रममा धनकुटाको छथरजोरपाटी गाउँपालका घर भई हाल सिँधुवा बस्दै आएका ६ का ३४ बर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुमको ओख्रे गाउँपालिका २ का २८ बर्षीय चुडामणि कटुवाललाई २ सय २७ कजी ४ ग्राम गाजासहित पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुका साथबाट शसस्त्र प्रहरीले ६० हजार नगद र २  थान मोवाइल समेत फेला पारेका छन् । धनकुटबाट धरानतर्फ आउदै गरेका१–०२००१ ख ९४८९ न.को फुल डाला भएको ट्रकमा गाजा ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले धरान १३ शिवधारा चेकपोष्टबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।