धरान । दलिय भागबण्डा नमिल्दा पुर्णता पाउन नसकेको मन्त्रिमण्डलमा थप ३ जना मन्त्री नियुक्ति भएका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्रिमण्डलमा नियुक्ति पाएका तिनै जना नेपाली कांग्रेसको तर्फबाट छन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

नेपाली कांग्रेसको भागमा परेको ८ वटा मन्त्रालयमा ५ जना यस अघि नै सहभागि भईसकेका छन् भने ३ जना आज थपिएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।