धरान / गर्मी बढेसँगै लामखुट्टेको प्रकोप बढिरहेको बेला धरानका एक समाजसेवीले इनरुवाबासीलाई झुल वितरण गरेका छन् भने देवकोटा आधारभूत विद्यालयका १४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

अपाग तथा सहायलाई निरन्तर सहयोग गर्दै आउनु भएका धरान निवासी अशोक अग्रवालले पछिल्लो समय इनरुवा पुगेर त्यहाँका सर्वसाधारण झुल वितरण गरेका छन् देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

अपांग तथा असहाय केन्द्र धरानका सदस्य समेत रहेका अग्रवालले आफूले कमाएको केही अंश समाजसेवामा समर्पित गर्नुपर्छ भन्ने भावनाले झुल तथा शैक्षिक सामाग्री वितरण गरेको बताए । 

गर्मी बढ्दै जाँदा लामखुट्टेको टोकाइबाट हुने रोग डेगु तथा मलेरिया लगायतका रोग लाग्ने भएकोले इनरुवाको गरिब बस्तीका सर्वसाधारणलाई ७० थान झुल र देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पुस्तक र झोला वितरण गरेको बताए ।

विपन्न परिवारलाई झुलको महत्व हुने देवकोटा आधारभूत विद्यालयका प्रद्यानाध्यापक अनिरुद्रप्रसाद यादवले बताए । उनले यस विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी विपन्न परिवारका हुने गरेको बताउदै शैक्षिक सामाग्री वितरणले विद्यार्थी तथा तिनका अभिभावकलाई ठूलो राहत मिलेको बताए ।

इनरुवा इभेन्ट मेजेजमेन्टका प्रेसिडेन्ट तथा स्थानीय सञ्जय मेहताले गरिब तथा सहायलाई वितरण गरेको झुलले लामखुट्टेको टोकाइबाट हुने डेंगु तथा मलेरियाजस्ता रोग नियन्त्रण गर्न सहयोग पुग्ने बताउदै विपन्न परिवारका विद्यार्थीहरुलाई वितरण गरेको शैक्षिक सामाग्रीले ठूलो राहत मिलेको बताए । सो अवसरमा झुल  तथा शैक्षिक सामाग्री वितरण गर्ने अग्रवालले धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग गरिदिन आग्रह गरेका थिए ।