धरान /   सञ्चारकर्मीहरुले प्रेस स्वतन्त्रताको माग गर्दै प्रभावफेरि, अन्तरक्रिया लगायतक कार्यक्रमको आयोजना भयोे ।

धरानमा पनि नेपाल पत्रकार समहासंघ सुनसरीले धरान १३ मा रहेका महासघको कार्यालयमा विभिन्न राजनीतिक दल र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । 

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांशले पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चारकर्मीमाथि गरेको दुर्व्यवहारका विषयमा केन्द्रित रहेर बोले । मेयर साम्पाङले आफ्नो विरुद्ध समाचार आउँदा पत्रकारलाई ‘झोले’ संज्ञा दिएपछि रुष्ट बनेका सञ्चारकर्मीहरुले मेयर साम्पाङको सञ्चारप्रतिको दुर्व्यवहार र तानाशाही विरुद्ध वक्ताहरुले खुलेर विरोध गरेका थिए ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भ्रम फैल्याएर विकासको नाममा धराने जनतालाई आँखामा छारो हाल्ने काम गरेको बताए । उनलले पछिल्लो समय वास्तविक कुरा उजागर गर्दा मेयर साम्पाङ पत्रकारमाथि नै खनिने गरेको बताउदै सत्यतथ्य समाचार सम्प्रेषणमा सञ्चारकर्मी डगमगाउन नहुने बताए ।

यस्तै अग्रज पत्रकार हर्ष सुब्बाले टेलिभिजन, चलचित्र पनि सञ्चारको माध्यम भएको बताउदै अहिले उम्रेका युट्युव च्यानल समयसँगै परिस्कृत भएर आएको सञ्चार माध्यम भएको बताए । उनले युट्युव च्यानलले पछिल्लो समय एकतर्फी धारणा प्रस्तुत गर्ने गरेको बताउदै ‘ब्यालेन्स’मा समाचार लेख्नुपर्छ भन्ने मान्यताभन्दा फरक ढंगबाट सञ्चालन भएको बताए । तथ्यसत्य समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी राज्य, राजनीतिक दल, स्थानीय सरकार, प्रदेश सरकारको तार्गेटमा पर्ने गरेको बताए ।

यस्तै पार्टीका स्थानीय नेताहरुले पनि साम्पाङले सञ्चारकर्मीमाथि गरेको दुव्यहारको खुलेर प्रतिवाद गरे । उनीहरुले साम्पाङले पछिल्लो समय सञ्चारकर्मीमाथि दुव्यवहार गरेको बताउदै प्रेस स्वतन्त्रतामा आँच आउने खालका कामको विरुद्धमा सदैव साथ दिने प्रतिवद्धता जनाएका थिए ।

नेपाली काँग्रेस धरान नगर समितिका सभापत श्याम पोख्रेलले लोकतन्त्र स्थापनाका लागि सञ्चारकर्मीले खेलेको भूमिका उल्लेख्य भएको बताउदै दलहरुबाट आएका जनप्रतिभन्दा पछिल्लो समय स्वन्त्र रुपमा आएका जनप्रतिनिधिहरुले प्रेसमाथि अभद्र व्यावहार, दुव्र्यवहार गर्ने गरेको बताए ।

अधिकांश समय मेयर साम्पाङ र वडाध्यक्षबीचको द्वन्द्ध चर्किदा सञ्चारमाध्यमले सत्य तथ्य लेखेको समाचारकै आधारमा मेयर साम्पाङले सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ शब्द प्रयोग गरेको प्रति आपत्ति प्रकट गरेका थिए ।

मेयरले पछिल्लो समय सञ्चारकर्मीमाथि बोलेको अपशब्दका विषयमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले आफूले मेयरको विषयमा बोल्न नमिल्ने भन्दै पन्छिने काम गरेका थिए । उनले पछिल्लो समय वडाध्यक्ष र मेयरबीच बढेको द्वन्द्व र मेयर र सञ्चारकर्मीबीचको द्वन्द्वलाई समान्यीकरण गर्नका लागि सबै पक्षसँग छलफल गर्ने भइरहेको उपमेयर बेघाले बताए । 

धरान उपमहानगरपालिकाका भएका गतिविधिलाई उजागार गर्ने क्रममा मेयर साम्पाङले सञ्चारकर्मीलाई प्रयोग गरेको ‘झाले’ अशब्द अमर्यादित, अमानवीय र सञ्चारक्षेत्रलाई अंकुश लगाउने प्रयासको रुपमा वक्ताहरुले लिएका थिए । सबै मिलेर यसको समाधान खोज्नुपर्ने जनाएका थिए । उनीहरुले सञ्चारकर्मीहरु पनि धेरै कुरामा चुकेको बताउदै भएका गल्तिहरुलाई पनि सच्याएर जानुपर्नेमा जोड दिइएको थियो ।

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सचिव धु्रव भट्टराईले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङ, जसपा धरान नगर अध्यक्ष ताजुव लिम्बु लगायत सुनसरीमा कार्यरत सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।