धरान / काटेको बास प्रसादको रुपमा ग्रहण गर्ने परम्परा शायदै कहीँ छैन । तर धरान १४ स्थित विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा रहेका टुप्पो विनाको बास काटेपछि प्रसादको रुपमा ग्रहण गर्ने गरिएको छ ।
यहाँको बास अरु कुनै दिन काट्न मिल्दैन, प्रत्येक बर्ष वैसाखे पूर्णिामाको अघिल्लो दिन यहाँका सुकेका, ढल्न लागेका बास काटिने गरिएको छ र काटिएको बास प्रसादको रुपमा ग्रहण गर्ने गरिएको छ ।
काटेको बास प्रसादको रुपमा लिने प्रचलन कही नभए पनि बुढासुब्बा मन्दिरम धेरै अगाडिदेखि शुरुभएको हो । धरान–१४ विजयपुरमा रहेकोे टुप्पो बिनाको बाँस काटिएपछि प्रसादको रुपमा लिने गरिएको पूजारी अशोक आले बताउँछन् । बुढास्ब्बा भगवानले धनुषकाण गाड्दा टुप्पो बिनाको बास उम्रिएको र यो घरमा लगेर राख्दा परिवारलाई सधै सुख हुन्छ भन्ने मान्यता रहेकोले यहाँको बास प्रसादको घरमा लाने गरेको पुजारी आले मगर बताउछन् ।
त्यसो त यहाँको बासको चर्चा विश्वभरि नै छ । तर यहाँ काटिएको बास प्रसादको रुपमा प्रयोग गरिन्छ शायदैलाई थाहा होला । विहान हेटौडादेखि बुढासुब्बा मन्दिर दर्शनका लागि आएका सर्वसाधारणले समेत घरमा सुखशान्ति हुन्छ भन्ने सुनेकाले काटिएको बासको टुक्रा लिएर गएका थिए । हेटौडाका देवीप्रसाद दंगालले विहीबार बुढासुब्बा मन्दिर दर्शन गर्न आउँदा यहाँको बासको महत्वबारे बुझेकोले प्रसादको रुपमा आफूले बासको टुक्रा लिएर गएको बताए । यस्तै भनाई सोही ठाउँका लक्ष्मण ढकालको पनि पथियो ।
स्थानीयहरुले यहाँको बास प्रसादको रुपमा प्रयोग गरिन्छ भन्ने कुराको प्रचार नभएकै कारण सीमितलाई मात्र थाहा भएको बताएका छन् । स्थानीय प्रेमप्रसाद पराजुलीले यहाँको बास घरमा लगेर राख्दा परिवारमा सुखशान्ति हुन्छ भन्ने जनविश्वास भएका कारण प्रत्येक बर्षे बुढासुब्बामा काटिएको बास घरमा लगेर राख्ने गरेको बताए । उनले विगतमा चण्डि पूर्णिमाकै दिनदेखि बुढासुब्बा मन्दिरमा चहलपहल हुने गरे पनि केही बर्षदेखि भने चहलपहल कम हुदै गएको बताए
बुढासुब्बा भगवानको जन्म चण्डिपूर्णिमाकै दिन भएको भन्ने उक्ति भएकोले चण्डिपूजाका दिन बुढासुब्बालाई विशेष रुपमा लिइने गरिएको पूजारी अशोक आले मगर बताउछन् । उनले परापूर्व कालदेखि नै चण्डि पूर्णेका दिन बास काटने र सर्वसाधारणले प्रसाद वितरण गर्ने प्रचलन रहेको बताए । यो बास प्रसादको रुपमा ग्रहण गरे सुखशान्ति मिल्ने उनको भनाई छ ।
बुढासुब्बा मन्दिर आउने सर्वसाधारण प्राय ः गरेर धार्मिक आस्था राख्नेहरु हुन्छन् । तर धेरै सर्वसाधारण पूजाआजा गर्ने अनि फर्किने र यहाँको टुप्पो बिनाको बासको महिमा सुनेर जाने गर्छन् । तर यहाँ काटिएको बास प्रसादको रुपमा प्रयोग हुने थोरैलाई मात्र थाहा छ, प्रचारप्रसार हुन नसकेकै कारण काटिएको बासको टुक्रा प्रसादको रुपमा प्रयोग हुन्छ भन्ने थाहा नभएको हो ।




















