धरान /  मेयर र वडाध्यक्ष र कार्यापालिका सदस्यको विवादका कारण धरान उपमहानगरपालिको चालु आर्थिक बर्ष २०८०/ ०८१ को बजेट समेत प्रभावित बन्ने देखिएको छ ।

राजश्व परामर्श समितिले मेयर साम्पाङलाई बुझायो प्रतिवेदनमा चालु आर्थिक बर्ष २०८०/ ०८१ मा गत बर्ष भन्दा  बर्ष १० प्रतिशत राजश्व घट्ने प्रक्षेपणको प्रतिवेदन मेयर साम्पाङलाई बुझाएको हो ।

आगामी आर्थिक बर्ष २०८०/ ०८१ को बजेट तयारीमा लागेकोे धरान उपमहानगरपालिकाको पहिलो चरणको काम अन्तर्गत राजश्व परामर्श समितिले राजश्वको प्रक्षेपण गरी तयार पारेको प्रतिवेदन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बुझाएको हो । 

उपमेयर संयोजक रहेको सो समितिका कार्यपालिकाकाका सदस्य दुई जना, उद्योग वाणिज्य संघ सुनसरीका प्रतिनिधि सदस्य सहित राजस्व महाशाखाका प्रमुख सदस्य सचिव रहेको समितिले प्रतिवेदन बुझाएको हो ।

सो अवसरमा बोल्दै परामर्श समितिका सयोजक एवम् धरान उमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले समयसीमाभित्र राजस्व परामर्श समितिले प्रतिवेदन तयार पार्न नसकेको बताए । उनले वैसाख ५ गतेबाट शुरु गरेर जम्मामा १६ वटा वैठक बसेको, त्यस समयमा सल्लाह, सुझाव तया कार्य सकलन गर्ने कार्य गरेर प्रतिवेदन तयार पारेको बताए ।

प्रक्रिया अनुसार राजस्व परामर्श समितिले दिएको सुझावसहितको प्रतिवेदन मेयर संयोजक रहेके बजेट परामर्श समितिको वैठकले छलफल गर्छ र समितिले बजेटको सिमा निर्धारण गरेर वडाहरु र महाशाखाहरुमा पठाउनुपर्ने हुन्छ । वडा र महाशाखाहरुबाट छलफल गरेर बजेट निर्माण समितिमा आउछ र त्यहाँबाट कार्यपालिका बैठले अनुमोदन गरेर नगरसभामा पेश गर्नुपर्ने हुन्छ ।

सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले धरान उपमनगरपालकाको बजेट गत बर्षको भन्दा यस बर्ष १० प्रतिशतले कमी आउने देखिएको बताए । उनल केन्द्रमा राजस्व घटेको, केन्द्रमा राजस्व घट्दा उपमहानगरपालिकामा आउने बजेट समेत स्वत: घट्ने देखिएको र यसको समग्र असर आन्तरिक आयमा असर गरेकोले यस बर्ष कम १० बर्ष कम भए पनि विकासका कामलाई हेम्पर नहुने गरी फजुल खर्च कटौति गर्न सके धरानको समग्र विकासलाई असर नपर्ने बताए ।

आगामी आर्थिक बर्षको प्रस्तावित आय १ अर्ब ५३ करोड ५ लाख ५४ हजार रुपैया प्रक्षेपण गरिएको गरिएको छ । यो प्रस्तावित राजश्वको अनुमान चाल आर्थिक बर्षको भन्दा १०।४० प्रतिशतले न्युन रहेको छ । चालु बर्षमा कुल आय अनुमान १ अर्ब ७० करोड ८२ लाख ३३ हजार गरिएको थियो । तर, चैत मसान्तसम्मको यथार्थ कुल आय १ अर्ब १६ करोड ७९ लाख ६६ हजार ८ सय ५७ पैसा मात्र भएको पनि समितिले जनाएको छ । 

 सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवम् राजस्व परामर्श समितिका सदस्य विजय श्रेष्ठले कोरोनाको  र  युक्रेन रुसबीचको युद्धले अर्थतन्त्रलाई ठूलो असर पारेको बताउदै उपमहानगरपालिकाभित्र भएको आन्तरिक द्वन्द्वले पनि यसलाई असर गरेको बताए । उनले मेयर साम्पाङलाई अभिभावकत्व भूमिका निर्वाह गरी सबैलाई  साथ लिएर जान र धरानको समग्र विकासमा एक जुट हुन मेयर साम्पाङलाई आग्रह गरे ।

 मेयर साम्पाङले प्रतिवेदन बुझेपछि बजेट सिमा निर्धारण समितिको बैठक चाडै बसाउने बताए । उनले कार्यपालिका बैठकको विवाद गाँठो फुकाएर बजेट निर्माणमा ध्यान केन्द्रित गर्ने बताए ।

मेयरले लचकता देखाउने सम्भावना देखिदैन

मेयर र वडाध्यक्ष, कार्यापालिका सदस्यबीचको द्वन्द्धमा मेयरले लचकता देखाउने सम्भवना देखिदैन । उनी विवाद नभएको तर एक अर्कामा ‘मिस अन्डरस्टाडिङ’ भएको बताउँछन् । उनले आफूले माफी माग्नुपर्ने कुनै आधार नै नभएको कुरा प्रष्ट पार्छन ।

विहीबार राजस्व परामर्श समितिले प्रतिवेदन बुझाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले एक हातले ताली नबजन्ने प्रतिक्रिया दिए । उनले भने–‘ एक हातले ताली बज्दैन, म ताली बजाउन हात दिइरहन्छु, उहाँहरु आएर तालि बजाउने मनसाय नै राख्नुहुन्न, हात दिँदा दिँदा मेरो हात नै थाकिसक्यो ।’ 

उनले वडाध्यक्ष  तथा कार्यपालिका सदस्यले राखेको पाँचबुदे माग सम्बन्धी समेत आफूलाई थाहै नभएको बताए । उनले भने–‘पाँच बुदे माग भन्नुहुन्छ, खोइे के हो पाँच बुदे माग  मलाई आधिकारिक रुपमा जानकारी नै आएको छैन ।’

उनी विवादका कारण  बजेट निर्माणमा समस्या हुने भने स्वीकारछन् । उनी भन्छन्–‘राजस्व परामर्श समितिले बुझाएको प्रतिवेदन नै ढिला गरी आयो, यो सबै आन्तरिक वेमेलको कारण हो ।’ उनले यो गाँठो फुकाउन आफू हर सम्भव तयार रहेको बताउदै एक हातले कहिल्यै ताली नबच्ने दोहार्‍याई नै रहे ।

उनले अभिभावकको भूमिका सबैलाई मिलाएर लानुपर्ने कुरामा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उल्टै सञ्चारकर्मीलाई प्रश्न गर्दै भने–‘मैले के गरेर मिलाउनुपर्ने हो, पार्टी पो राख्नुपर्ने हो कि, नाचजान पो गर्नुपर्ने हो कि, मैले नगरेको चाहि के छ भनेको रु कि रेडकार्ड नै विच्छ्याउने हो कि, खादा माला तयार गरौ कि के गरौ भनेर सोचिरहेको छु ।’ उनले बजेट बनाउन दिन नजकिदै आएको बताउदै जिम्मेवार भएर अगाडि आउनुपर्ने बताए ।

उनले सञ्चारकर्मीले जिज्ञासा राख्दा महासंघले ज्ञापनपत्र त बुझाउदैन भन्दै सञ्चारकर्मीलाई प्रश्न सोध्दै उल्टै सञ्चारकर्मीलाई अब कसरी मिलाउने तपाई नै भन्नोस् भन्ने जवाफ दिएका थिए । उनले कार्यपालिका बैठक बोलाउन नछोड्ने बताए । उनले भने–‘कार्यपालिका बैठक बोलाउन छोड्दिन अब आउ आउ भनेर एउटा गीत नै बनाउँछु, नगरपालिकाको प्रागरणमा बजाइरहन्छु ।’

उद्योगी व्यवसायीहरुले मेयरलाई दिए सुझाव

धरान उपमहानगरपालिकामा पछिल्लो समय बढेको आन्तरिक द्वन्द्वका कारण बजेट निर्माणमा समेत प्रभावित बन्ने देखिए भन्दै उद्योगी व्यवसायीहरुले समन्वय भूमिका निर्वाह गरेर गाँठो फुकाउन आग्रह गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष एवम् राजस्व परामर्श समितिका सदस्य विजय श्रेष्ठले धरानको समग्र विकासका लागि भएपनि उपमहानगरपालिकाभित्र भएको आन्तरिक द्वन्द्वलाई मिलाएर लान आग्रह गरे ।

उनले भने–‘धरानको समग्र असर अहिलेको परिस्थितिबाट सिर्जना हुने देखिन्छ, तपाइ धरानको अभिभावक अभिभावकले सानो तिना कुरालाई ‘सेक्रीफाइज’ गरेर मिलाएर जाने दायित्व दायित्व तपाईको हो, जसरी हुन्छ अहिलेको परिस्थितिलाई सहज बनाउनेतिर लाग्नुपर्छ ।’

उनले मेयर  एकातिर  र वडाध्यक्षसहित कार्यपालिका सदस्य गरी २८ जना एकातिर विभिाजित भइरहे धरानको समग्र विकासमा असर पुग्ने सुझाव दिएका थिए ।