धरान/  मेयरको अराजकता बढ्दै गएपछी आन्दोलनमा उत्रिएका कार्यपालिका बोर्ड सदस्यहरुको माग सम्बोधन हुने भएपछी धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ ।

चैत १ गते देखि स्थगित हुँदै आएको बैठक आउदो आइतबार बस्ने भएको हो । श्रोतको अनुसार आज शुक्रबार मेयर, उपमेयर सहित तीन वटै पार्टीका संसदीय दलका नेताहरु बिच बसेको बैठकमा मेयर हर्कराज राइले मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि कार्यपालिका बैठक बस्ने भएको हो । मेयर राइले सामाजिक संजाल मार्फत आइरहेका स्टाटसहरु पनि सच्चाउने प्रतिबद्धता जनाएका छन।

श्रोताको अनुसार उनले बैठकमा भने  ञ मेरो नाम गरेर सामाजिक संजालमा आइरहेको स्टाटस सबै सच्चाउन निर्देसन दिन्छु, हामी सबै मिलेर जानुको बिकल्प छैन ।झ कार्यपालिकाका एक सदस्यका अनुसार कार्यपालिका बैठकमा नया योजना केही छैन, पुरानै एजेन्डामा छलफल हुने भएको छ ।