मोरङ /  बुढीगंगा गाउँपालिका – ७ का  दिनेश कुमार माझी बिजुलीको हाई भोल्टेज प्रसारण लाइनको पोलमा  छन्।

बिहान ६ बजे पोलमा चढेको स्थानीयले बताएका छन् । उनी हाइटेसन लाइनको पोलमा चढेको साढे चार घण्टा भएको छ ।

अहिले पनि दुहबीबाट झापा गएको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन्,’ बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन् ।  युवालाई उतार्न हामीले पहल र प्रयत्न गरेका छौँ । तर, युवाले मानिरहेको छैन ।’

morang-transformer1683955965

उनी सडकमा निर्माण भइरहेको रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएको भन्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् ।

उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन्।

अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने बातवरण बनाए मात्र उत्रिने बताउँदै आएको स्थानीय बताउँछन् ।

स्रोत : नेपाल प्रेस