धरान / प्रेस स्वतन्त्रता बिरोधी अभिब्यक्ती दिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राइको बिरोध गर्दै सुनसरीका पत्रकारहरु आन्दोलित बनेका छन् । 

शुक्रबार देखि चरणबद्ध आन्दोलनमा उत्रिएका पत्रकारहरुले शनिबार सामाजिक संजालमा नाराबाजी गरेका छन् ।

उनिहरुले सामाजिक संजालमा ञसन्दर्भ धरान उपमहानगरपालिका, स्वतन्त्रतापुर्वक लेख्न र बोल्न देउ, प्रेस स्वतन्त्रतालाई सम्मान गरझ भन्ने नारा लगाएका छन् । नेपाल पत्रकार महासङ सुनसरीको आव्हानमा पत्रकारहरुले नारावाजी गरेका हुन ।

। श्रृंखलाबद्ध रुपमा मेयर साम्पाङद्वारा अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताविरोधी गतिविधि बढिरहेको बताउदै धरान उपमहानगरपालिकाको गतिविधीबारे समाचार संकलन गर्न जाने सहज वातावरण पत्रकारका लागि नभएको प्रती महासङले आपत्ति जनाएको  छ ।