धरान / अपांग, असहाय, गरिबहरुलाई सहयोग गर्ने उद्देश्य बोकेर अगाडि बढ्नु भएका अशोक अग्रवालले सहयोगलाई निरन्तता दिँदै आएका छन् ।

केही समय अगाडि सुनसरी इनरुवाको एक विद्यालय विपन्न परिवारलाई ७० वटा झुल र विद्यालयमा अध्ययनरत १४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नुभएका अग्रवालले काठमाण्डौमा रहेको अग्रवाल समाजको सहयोगमा पुन: अपाग तथा विपन्न  परिवारलाई सहयोग गरेका हुन् ।

उनले धरान ८ मा रहेको अपांग तथा असहाय केन्द्रको संयोजनमा अपागता भएकाहरुको सहजताका लागि २ थान ट्राइ साइकल, २० विपन्न परिवारलाई खाद्यान्न सामाग्री, विपन्न परिवारका ९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीसहित मृगौलापीडित विरामीलाई नगद २५ हजार, खुट्टाको समस्या भएका एकजनालाइृ शल्यक्रिया शुल्कम सहयोग पु¥याउन नगद ५० हजार प्रदान गरेका हुन् ।

सो अवसरमा उनले काठमाण्डौको मारवादी समाजबाट सहयोग जुटाएर पीडितहरुलाई सहयोग पु¥याएको बताए ।

सो अवसरम बोल्दै अपांग तथा असहाय केन्द्रका निर्देशक सुनिल खड्काले अहिले वितरण गरेको सामाग्री समाजसेवी अशोक अग्रवाल र विदेशमा रहेका सहयोगी मन भएकाहरुले उपलब्ध गराएको बताए ।

सहयोगी भावनाको प्रशंसा गर्दै.अरनिको स्कूलका प्रिन्सिपल सरोज निरौलाले अपांग तथा असहाय  केन्द्रले पठाएका असाहाय तथा विपन्न परिवारकालाई प्रत्येक बर्ष ५ जनालाई निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए ।