इटहरी /  नियम बिपरित नदिजन्य पदार्थ उत्खनन गरेको भन्दै बन कायार्लयले इटहरी उपमहानगरपालिकाको सवारी साधन सहित चालकलाइ नियन्त्रणमा लिए पछि इटहरिले  आपतकालिन कार्यपालिका बैठक बसेको छ ।

 उपमहानगरको कार्यवाहक मेयर दिवश पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बन कार्यालयको नियन्त्रणमा रहेका सवारी साधन र चालकहरूलाइ बिना सर्त रिहाइको माग गरिएको छ ।

 जिल्ला बन कार्यालय सुनसरीले शुक्रबार ५ जना चालक सहित ५ वटा  टिपर नियन्त्रणमा लिएको थियो । बैठकमा कार्यापालिका सदस्यहरूले घटनाको घोर भत्सर्ना गर्दै बन कार्यालयले नियन्त्रणमा लिएको सवारी साधन र चालकहरूलाइ बिना सर्त रिहाइको माग गरेका छन । २४ घण्टा भित्र माग सम्बोधन नभए उपमहानगर मात्र नभइ सिंगो नगरवासी बन कार्यालय बिरूद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन । 

बैठकमा कार्यवाहक मेयर दिवश पोख्रेलले आफ्नो क्षेत्रको खोलाबाट गिटि , बालुवा निकाल्ने यस अघिनै कार्यपालिकाबाट पास गरी नियम पुर्वक काम गरिरहेको बेला बन कार्यालयबाट धर पक्कड भएको बताए ।

उनले डुबान क्षेत्रबाट जनताले माग गरे बमोजिम वडाहरूमा बिकास निर्माणको कामका लागि आवस्यकिय गिटी बालुवा निकाल्ने काम गरिरहदा बन कार्यालय तगारो बनेको बताए । घटनाबारे कोशी प्रदेश सरकार , संघिय सरकार र मातहतका कार्यालयहरूमा पनि जानकारी गराइसकेको तर कतैबाट कुनै सुनुवाइ नै नभएको कार्यपालिका सदस्यहरूले बताएका छन ।