धरान /  राष्ट्रिय स्वतन्त्र पार्टीले सिहंदरबारको मात्रै नभइ स्थानीय पालिकाको पनि भ्रष्टाचारको  छानबिन गर्नु पर्ने माग गरेको छ ।

 स्थानीय पालिका तथा गाउँ पालिकामा पनि छानबिनको माग गर्दै धरानको भानुचोकमा सरकारलाई ठुलो माछा मात्रै हैन स्थानीय माछालाई पनि भष्ट्रचार भए कार्वाहि गर्न  माग गरेको छ । रास्वपाकी  नेतृ शरिन तामाङले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताइन ।

344295627_1182509689035918_7645228017202686290_n

शनिबार सुनसरीको धरानमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोप विरूद्ध वृहत आन्दोलनमा पत्रकारहरू समक्ष उनले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने बताइन।

तामाङले  भनिन धरानमा पनि भष्ट्रचार भयो भन्ने समाचार आइरहे पनि कुनै किसिमको कारबाही तथा कुनै अनुसन्धान  भएको छैन, धरानको स्थानीय सरकार प्रमुख भष्ट्रचार बिरुद्ध को आवज उठाउदै आएका ब्यक्ती हुन्, अहिले आफै स्थानीय सरकार प्रमुख हुनुन्छ तर खै त कारबाहि गरेको । बि पिमा एडिबि ,नगरपालिका मा भष्ट्रचार भयो भनेर कराउने मान्छे अहिले चुप बसेको उनले बताइन ।