सुनसरी / नक्कली शरणार्थी प्रकरणमा मुछिएकी नेपाली काङ्रेसकी नेत्री आरजु राणाको अडियो झुठ भएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले दाबी गरेका छन् । 

आरजु राणाको नाममा आएको अडियो झूठो भएको बताउदै प्रबक्ता महतले राणा स्वयंले पनि अडियो झूठो भएको भन्दै प्रहरीमा उजुरी दिएको उनको भनाइ छ । 

मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहेको महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भिरतापूर्वक लिएको पनि जनाएका छन । 

उनले भने`त्यसको सत्य तथ्य अझै बाहिर आएको छैन्, यो आउनुपर्छ भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नुभएको छ ।’

नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसून’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले जनाएका छन् । 

यस विषयलाई लिएर पार्टीभित्र कुनै विवाद नभएको पनि उनको भनाइ छ ।