धरान / एस.ई.ई. सिङ्गिङ आईडल सिजन - ३ र डान्सिङ स्टार सिजन - २ को सेमि फाईनलबाट २० जना प्रतियोगि फाईनलमा प्रबेस गरेका छन्।
फक्ताङ्लुङ मिडिया हाउस प्रा. लि द्वारा सन्चालित एफ.टि.एलअनलाईन टिभिको आयोजनामा भएको प्रतियोगितामा सिङ्गिङ तर्फ २२ जना सहभागी मध्ये १० जना फाईनलम प्रबेस गरेका हुन।
फाईनलमा प्रबेस गर्ने सहभागिहरुमा जन सप्तकोशि इङलिस स्कुल प्रकासपुरका आरुष कार्की, सुनाखरी एकेडेमि धरानका आदित्य सिंह, गोकुण्डेश्वर मा.बि धनकुटाका बालिसा लिम्बु, के.के. इन्टरनेसनल स्कुल धरानका आर्यन बुढाथोकि, हिमशिखर बोर्डिङ तरहराका बेन्जामिन राई रहेका छन।

यसैगरी पदम मेमोरियल बोर्डिङ धरानका चाहत श्रेष्ठ, लिटल फ्लावर इङलिस स्कुल इटहरीका दिया राई, ज्ञानोदय माध्यमिक बिद्यालय धरानका करुणा बिश्वकर्मा, प्रहरी आवासिय मा.बि.धरानका मिङमा टि.शेर्पा र पब्लिक हाई स्कुल धरानका मुना सुन्दास फाईनलमा प्रबेस गरेका छन।
त्यस्तै डान्सिङ तर्फ २२ जना सहभागी मध्ये १० जना फाईनलमा प्रबेस गरेका छन। फाईनलमा प्रबेस गर्नेहरुमा लेटाङ ग्रीन भ्याली एकेडेमि मोरङ लेटाङका अस्मिका राई, फिदिम मा.बि.पाचथर फिदिमका बिबेक लिम्बु, ज्ञान सरोबर निकेतन स्कुल भद्रपुर झापाका कोशिष भट्टराई,सुकुना मा.बि. सुकुना मोरङका लाजिब शाहि ठकुरी, सनिश्चरे सेकेण्डरी स्कुल मोरङका लिसरा थापा मगर रहेका छन।
यसैगरी ज्ञानदर्पण एकेडेमि तरहराका मामारुङ साम्पाङ राई, इष्ट वेष्ट पोइन्ट स्कुल तरहराका मनिष थापा, युरेका आवासिय मा.बि.धरानका नुमा लिम्बु, प्याराडाईज इङ्लिस बोर्डिङ तरहराका सबिना बन र इटहरी मोडल इटहरीका शशि तामाङ फाईनलमा प्रबेस गरेका छन।
सिङ्गिङ र डान्सिङ दुबै बिधाको फाईनल { ग्रान्ड फिनाले} आगामी ज्येष्ठ-२६ गते शुक्रबार धरान-१५ स्थित चुम्लुङ हिममा हुने प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिए।
फाईनल हुनु भन्दा अघि सहभागिहरुलाई गीत, नृत्य, खाना शिष्टाचार, ब्यक्तित्व बिकास, नेतृत्व बिकास, ट्राफिक जनचेतना लगायत बिभिन्न क्षेत्रको तालिम प्रदान गरिने प्रा.लि. का अध्यक्ष तुम्बापोले जानकारी दिए।
एस.ई.ई. सकिए पछि बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उनीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको इभेन्ट निर्देसक राम बहादुर लिम्बुले बताए।
सिङ्गिङ तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन(२ का फाईनलिस्ट एबम गायक बिकास लिम्बू , सङ्गीत प्रशिक्षक बिनायक राई र गायिका जमुना राई रहेका छन।त्यस्तै डान्सिङ तर्फको निर्णायकहरुमा डान्स कोरियोग्राफरद्वय प्रीतम साम्बाहाम्फे र रेस्मा बान्तवा रहेका छन।
२०७५ सालबाट सुरु भएको यो प्रतियोगिता २०७६ र ०७७ सालमा भने विश्वव्यापी महामारी कोभिड १९ का कारण स्थगित भएको थियो सिङ्गिङ आईडल सिजन-१ को बिजेता तरहराको हिमशिखर बोर्डिङ स्कुलका गौरब राई भएका थिए।
त्यस्तै सिङ्गिङ आईडल सिजन - २ को बिजेता कार्मेल हाई स्कुल धरानका छिरिङ तामाङ भएका थिए भने डान्सिङ स्टार सिजन -१ कि बिजेता मोरङ खोर्साने स्थित सिद्धार्थ बोर्डिङकी नुमा लिम्बू भएकि थिइन।
एस.ई.ई. सिङ्गिङ आईडल सिजन-३ र डान्सिङ स्टार सिजन-२ दुबैतर्फका बिजेताले ५० हजार नगद, प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ती लगायत आकर्षक पुरस्कार प्राप्त गर्ने छन।
दुबैतर्फका फष्ट रनर अपले नगद ३० हजार सहित प्लस टु अध्ययनका लागि ८० प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन।त्यस्तै सेकेण्ड रनर अपले नगद २० हजार सहित प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रबृत्ती प्राप्त गर्ने आयोजकले जनाएको छ।
सङ्घिय राजधानी स्थित काठमाण्डौ मोडल कलेज र धरान स्थित यु.एन. नबोदय कलेज यस प्रतियोगिताका एजुकेसनल पार्टनर रहेका छन।प्रतियोगिताका अफिसिय होस्ट मोडल एबम कोरियोग्राफर मेरिना तुम्सा लिम्बू रहेकी छन।




















