धरान / धरान १० विशालपथमा रहेको कवाडी पसलले वडा नै प्रदुषित  भएको  भन्दै स्थानीयले हटाउन माग गरेका छन् ।

विगत केही समयदेखि बेचनप्रसाद साहले यस स्थानमा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । कवाडी पसल सञ्चालन टोल नै दुर्गन्धित भएको भन्दै वडामा स्थानीयहरुले निवेदन समेत दिएका छन् ।

विशालपथ र बुढासुब्बा टोल विकास समितिले लिखित हटाउन माग गर्दै लिखित रुपमा निवेदन नै दिएका हुन् । सोही निवेदनको आधारमा १० नंं वडा समितिले साहको नाममा उजुरी आएपछि दुवैपक्षलाई राखेर गत बर्षको जेष्ठ महिनमा छलफल समेत राखेको थियो । सोही महिनाको ३१ गते कवाडी पसल अन्यत्र सार्न वडाले ३५ दिने सूचना समेत साहलाई दिएका थिए ।

IMG_1366

तर वडाले दिएको सूचनाको अटेर गरी साहले व्यवसाय सञ्चालन गर्दै आएपछि स्थानीयहरु थप आक्रोसित बनेका छन् । उनीहरुले कवाडीका कारण दुर्घन्धित भएको, चोरी डकैती बढेको लगायतका समस्या भएकोे बताउदै आएका छन् ।

वडाबासीको व्यापक दबाबपछि वडाध्यक्ष विवेक राईले यो विषय कार्यपालिका बैठकमा समेत राखेका थिए । नगरले वडालाई नै हटाउने अनुमति दिए पनि वडाले पुन : साहको नाममा बुधबार  ३५ दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

वडाध्यक्ष विवेक राइका अनुसार वडाबासीले विगतदेखि नै विशालपथमा रहेको कवाडी पसल हटाउन दबाब दिँदै आएको तर साहले भने कसैको निर्देशनलाई नमानी सञ्चालन गरिरहँदा समस्या भएको बताए ।

IMG_1355

 उनले भने–‘यहाँ बाट कवाडी पसल हटाउनुपर्छ भनेर टोलबासीले नै व्यापक दबाब दिँदै आएका छन्, उनीहरुले हटाउनका लागि निवेदन नै वडामा दिएका छन्, यस विषयमा दुवै पक्षबीच छलफल गर्ने काम पनि गरियो, तर वडाबासीले कवाडी पसल जसरी भएपनि हँटाउनुपर्ने एक सुत्रीय माग राखेपछि वडाले पनि बाध्य भएर यो कदम चलाएको हो ।’

 कवाडी संचालक रोशन शाहले भने विगत लामो समयदेखि यही स्थानमा कवाडी सञ्चालनमा रहेको बताएका थिए । विगतमा केही समस्या नहुने तर अहिले आएर समस्या भएको सुन्दा आफूलाई आश्चर्य लागेको बताए । उनले भने–‘मैले कवाडी पसल मात्र गरेको छैन, २५–३० जना युवाहरुलाई रोजगारी समेत दिएको छु, कवाडी पसल बन्द भएको खण्डमा उनीहरु बेरोजगार हुन्छन् ।’

उनले एकातिरमात्र नभई सबैतिर बुझेर निर्णय लिन सम्बन्धित पक्ष माग गरेका छन् ।