विराटनगर /  बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सहकार्य गर्न निजी क्षेत्रसित आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सरकार र निजी क्षेत्रबीचको

सहकार्यले मात्रै विकास सम्भव भएको बताएका हुन् ।

महानगरपालिकाले विभिन्न अभियान सञ्चालन गरिरहेको बताउँदै मेयर कोइरालाले भने, “महानगरपालिकाको एक्लो प्रयासले मात्रै विराटनगरको

समग्र विकास गर्न असम्भव छ ।

यहाँको विकासमा निजी क्षेत्रको विगतदेखि नै योगदान रहँदै आएको छ, आगामी दिनमा अझै बढी रहोस भन्ने मेरो चाहना छ ।”

मेयर कोइरालाले महानगरका तर्फबाट महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाइ सम्मान गरेका थिए ।