बिराटनगर / कोशी नामाकरणको बिरोधमा प्रदर्शन गरेका आन्दोलनरत पहिचानवादीहरुलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । 

प्रदेश सभाहलमा बजेट अधिबेशन चलिरहदा निषेधित क्षेत्र विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका थिए।  प्रदर्शनलाइ तितरबितर गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।झडपको अवस्थालाइ नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको बताएको छ।

प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ।

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शनमा उत्रिएका किराँत राई यायोख्खाका अध्यक्ष जीवन हातेसु राई, उपाध्यक्ष देवान राई, भीम राईलगायत  २७ जना पक्राउ परेका छन्।