धरान / धरानको कृषि उपज तथा थोक बजारस्थलमा संघीय सरकारले विषादी अवशेष द्रुत परिक्षण केन्द्र प्रयोगशालाको सेवा बिस्तार गर्ने भएको छ । 

आज संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महतले प्रस्तुत गरेको २०८०र८१ को बजेटमा कृषि उपज थोक बजार स्थलमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला सेवा विस्तार गर्नको लागि बजेट बिनियोजन गरिने बताएका छन् ।

खाद्य पदार्थमा हुन सक्ने विषादीहरूको अवशेष परीक्षणको दायरा विस्तार गरिने बजेटमा उल्लेख गरिएको छ । 

धरानमा रहेको बजारस्थल सहित सिन्धुली, धनुषा, कावासोती र सुर्खेत गरी थप पाँच स्थानका खाद्य प्रविधि, पशुपन्छी आहारा र पशुपन्छी रोग अन्वेषण प्रयोगशालाहरूलाई क्रमशः स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाइने उल्लेख गरिएको छ