बिराटनगर /महिनावारी स्वच्छता दिवसको अवसरमा सुरक्षित महिनावारी हाम्रो जिम्मेवारी भन्ने सन्देशका साथ आइतवार अन्तर मावि वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । 

बुढीगंगा स्थित विराट मेडिकल कलेजको आयोजनामा भएको कार्यक्रममा भानु  मेमोरियल इङ्गलीस बोर्डिङ स्कूलकी कक्षा १२ की छात्रा श्रेया निरौलाले प्रथम स्थान हाँसिल गरेकी छन् । 

विराट कलेजको परिसरमा रहेको सभाहलमा भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको सहभागीता रहेको थियो ।

 प्रतियोगीतामाा १६ वटा विद्यालयका ६३ जना विद्यार्थीलाई पछाडी पार्दै निरौलाले प्रथम स्थान हाँसिल गरेकी हुन् । 

त्यस्तै दोस्रो स्थानमा नरग्राम माविकी निशु कार्की र तेस्रो स्थानमा डिएभी स्कूल विराटनगरकी सेजल मेहता भएकी थिइन् ।

विजय हुने प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दस हजार, छ हजार र तीन हजार नगद र प्रमाण–पत्रका साथै हवाइट मूनको तर्फबाट उपहार विराट कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीबाट वितरण गरिएको थियो । 

सो अवसरमा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाण–पत्र समेत दिइएको थियो ।