काठमाडौँ /  गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतीबाट आममाफी पाएका रेशम चौधरी विरुद्ध पुनः सर्बोच्चमा परेको मुद्धाको सुनुवाइ आज हुदैछ । 

चौधरीले आममाफी पाए लगत्तै टीकापुर घटनामा मारिएका प्रहरी निरिक्षक केशब बोहराकी पत्नी शारदा बोहरा कडायतले गत आइतबार सर्बोच्चमा रिट दर्ता गराएकी थिइन ।

उनको निबेदन सुनुवाइ गर्न आजको लागि पेसि तोकिएको छ ।

हत्याकाण्डका मुख्य योजनाकारका आरोपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो।

गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिये ।