धरान /  कोशी प्रदेश नामाकरणको बिषयमा आन्दोलनरत पहिचानबादीहरुको गैर शान्तीपुर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।

‘घटनाका दोषीलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यस्ता घटनाप्रति सरकार दु:ख  व्यक्त गर्दछ।’

‘पहिचान पक्षधर बताउने गरेकाहरू नै आन्दोलनमा आएका छन्।

उनीहरूले शान्तिपूर्ण तरिकाले विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको प्रयोग गरी विरोध गर्न पाउँछन्,’ उनले भने, ‘अराजक, असंवैधानिक, गैर शान्तिपूर्ण, अराजक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिँदैन।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो।

बिहीबार इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुखमाथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेको भन्दै एमालेले विरोध गरेको थियो।