धरान / पहिचानबादीको नाममा एमालेका नेताहरु माथी भएको अमानबिय दुर्व्यवहार गर्नेहरु लाई नेकपा एमाले कोशी प्रदेश कमिटीले कार्वाहिको माग गरेको छ । 

एमाले कोशी प्रदेश कमिटीले प्रेस बिज्ञप्ति जारी गर्दै दोसीलाई नियन्त्रणमा लिई कानुनि दायरामा ल्याउन र शान्ति सुरक्षा वहाल गर्न सरकार संग माग गरेको छ ।

बिज्ञप्तिमा लेखिएको छ, हाम्रो पार्टी नेकपा एमाले यस्ता कृयाकलापको घोर निन्दा र विरोध र भत्सर्ना गर्दछ।  साथ साथै पार्टी नेता, कार्यकर्ता माथि हुने गरेका आक्रमण र हिंसाका घटको डटेर प्रतिवाद गर्ने संकल्प गर्दछ।

कोशी प्रदेश नामाकरणको बिरोधमा पहिचानबादीहरुले आन्दोलन गर्दै आएका छन् । प्रदेश आन्दोलनकै क्रममा बिहिबार कोशी प्रदेश सरकारवाट संचालन भएका विविध विकास आयोजनाहरुको अनुगमन

तथा जिल्ला भ्रमणका ईलाम जिल्लाको देउमाई नगरपालिका-३ मंगलवारेवाट ईलाम नगरपालिका-११ सोयाक भन्ज्याङ्ग पुगेका एमाले संसदिय दलका उपनेता राम रानालाई आफुलाई पहिचानवादी भन्ने अपरिचित मानिसहरुको झुण्डद्वारा वाटोको विचमा मुढा तेस्याई आवागमन अवरुद्ध गर्ने र गुण्डागर्दी शैलीमा सांघातिक आक्रमण प्रयास गर्दै उनी सवार गाडिमा मोविल खन्याएर आगो लगाउने दुस्प्रयास गरेका थिए ।

त्यसै गरि बिहिबारनै उदयपुर जिल्लाको श्री १८ नम्बर बाहिनी भुल्केमा रहेको सर्पदन्श उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गररे विराटनगर फर्कने क्रममा कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईलाई लक्षित गरी नारा जुलुस गर्ने, उच्छृंखल गतिविधि गर्ने, ढुङ्गामुढा प्रहार गर्ने जस्ता अपराधिक कृयाकलाप गर्दै ढुङ्गामुढा प्रहारवाट उपप्रमुख महेश्वरी राई सवार सवारी साधनमा गंभिर क्षति पुगेको थियो ।

पहिचानबादीको नाममा अवाञ्छित जघन्य र अपराधपुर्ण घटनाहरुले नेकपा एमालेलाई गंभिर बनाएको बिज्ञप्तिमा लेखिएको छ।

एमालेका नेता कार्यकर्ताहरु लाई लक्षित गरेर वारंवार आक्रमण प्रयास गर्ने, पार्टीले आयोजना गरेका कार्यक्रमहरु विथोल्न प्रयास गर्ने, पार्टीका अध्यक्ष, मुख्य मन्त्री, मन्त्री र माननियहरु लगायत माथि सांघातिक आक्रमण गर्ने, प्रहारको निसाना बनाउने जस्ता कृयाकलापहरु पटक पटक हुने गरेका बताउदै  ।

अवाञ्छित र अपराधपुर्ण कृयाकलापहरु हुदा समेत प्रहरी प्रशासनले अपराधमा सम्लग्न गुण्डाहरुलाई नियन्त्रणमा लिने र कानुनि कार्बाहिको दायरामा ल्याउने काम प्रभावकारी रुपमा हुन नसकेको बताएको छ ।