सुनसरी /  युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन मागगर्दै सशस्त्र युद्धका बाल सेना लेनिन विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा। बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा  दर्ता भएको छ । 

उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत विष्टको माग छ ।

तत्कालीन माओवादीले आफू जस्ता अबोध नाबालकलाई  बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

यसअघि  विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।