सुनसरी/  धरान वडा नम्बर १० ले गत सालबाट घर –घरमा वृद्वाभता वितरण गदै आएको छ ।

यस बर्ष पनि वडामा रहेका असक्त, वृद्वा उमेरका समुह र एकल महिला भत्ता घरमा नै पुगेर नविकरण गर्दै बितरण गरेको छ । 
 
साउन एक गते बाट सु्विधा घरमा पुगेर दिन सुरुगरेको वडा अध्यक्ष बिवेक राईले बताए ।
10

गत सालबाट वृद्वाभत्ता,जेष्ठ नागरिक र एकल महिलालाई दिने गरेको सुविदा निरन्नतर आफनो कार्यकाल भरी घरमा पुगेर सेवा प्रदान गर्ने अध्यक्ष राईले बताए ।
उनले गरेको काम प्रती धरान वडा नम्बर १० का नागरिकहरुले खुशि ब्यक्त गरेका छन् ।

वडाले पहिलो पल्ट महिलाहरुको लागि सकारात्मक काम गरेकोमा स्थानीयले प्रसंसा समेत गरेका छन ।

वडामा हुने सानोतिनो समस्या हुदा समेत फोन गरेर जानकारी गराउदा तुरुन्त अध्यक्ष आफै उपस्थीति भएर सेवा दिने गरेकोमा धरान १० विशाल पथका स्थानीयले बताए ।

उनले विगतमा भन्दा गत सालबाट वडामा लिने सेवासुविधा छिटोछरितो हुने गरेको बताएका छन ।