सुनसरी/ सर्दुजाधाधार क्षेत्रको विवादले अहिले चर्को रुप लिएको छ ।

 धरान ४ छोटी मोरङमा दुई साता अगाडिदेखि वृक्षरोपण शुरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरान १ का पूर्व वडाध्यक्ष रोशन राईले स्काई एन्भेचर प्रा.लि.को नामबाट सञ्चालन गरेको प्लाइडिङ उडान गर्ने स्थानमा वृक्षरोपण गरेपछि विवाद चर्किएको हो ।

सर्दुजलाधार क्षेत्रमा भएको जग्गा भएपनि अदालतको फैशलाको पूर्ण पाठ आइसकेको अवस्थामा शनिवार रोजिना अधिकारी र मथुरा अधिकारीको नाममा रहेको जग्गामा वृक्षारोपण गरेपछि विवाद चर्किएको थियो ।

यसै विषयलाई लिएर छोटी मोरङ धरान ४ का पीडित २७२ घर परिवारले विहीबार नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

 उनीहरुले मेयर हर्क साम्पाङले अदालतको आदेशलाई   अवज्ञा तथा मानहानी गर्दै जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्ने कामलाई रोक्नुपर्ने बताएका थिए ।

छोटी मोरङ जग्गा पीडित संघर्ष समिति संयोजक बिक्रम लिम्बुले अदालतको फैसलालाई शिरोपी राखी व्यक्तिको जग्गामा वृक्षरोपण गर्ने कार्य रोक्न मेयर साम्पाङलाई आग्रह गरे ।

 उनले आफूहरुलाई स्थानीय सरकारले न्याय दिन नसकेको बताउदै आफूहरुमाथि भूमाफिया जस्तो गम्मीर शब्द प्रयोग गरेको प्रति आपत्ति प्रकट गरे ।

  सर्वोच्च अदालतले  समेत एक बर्ष अगाडि अर्गाथ २०७९ माघ २४ गते गते पूर्ण फैसला नहुन्जेल सर्दु जलाधार क्षेत्रभित्र पर्ने जग्गालाई यथास्थितिमा राख्ने आदेश दिइसकेको अवस्थामा स्थानीय सरकार प्रमुख हर्क साम्पाङको नेतृत्वमा नीजि जग्गाा वृक्षारोपण गर्ने कार्यलाई अलिम्ब रोक्न मेयर साम्पाङलाई ध्यानाकर्षण गराएका छन् ।

सो अवसरमा संघर्ष समितिका सदस्य एवम् जग्गा धनी, पर्बत राई ,मदन राई,गीता कार्की लगायतले सर्वोच्च निकाय सर्वोच्च अदालतको आदेश सबैले पालना गर्नुपर्ने र अन्यायमा परेका सर्वसाधारणलाई न्याय दिनुपर्ने बताएका थिए ।