धरान/ सडक निर्माण गर्दा सडकका छेउमा टायल विछ्याउने प्रचलन बढ्दै गएको छ । टायलले आकर्षकमात्र हैन सडकको गुणस्तरलाई पनि अझ मजबुत बनाउने गर्छ । तर टायल प्रयोग गर्दा टायलको गुणस्तर मापन नगरी प्रयोग गर्ने गरिएको छ । 

यसले गर्दा छिट्टै फुट्ने र भत्किने गर्छ तर धरान उपमहानगरपालिका वडा नं. ३ ले भने टायलको गुणस्तर चेकजाँच गरेरमात्र प्रयोग गरेको छ ।IMG_20230804_120415

धरान ३ र १५ जोड्ने सदन रोडमा अहिले फराकिलो कालोपत्रे बनेको छ । कालोपत्रे सम्पन्न हुन साथ अहिले सडकका पेटीमा टायल विच्छ्याउने काम शुरु गरिएको छ ।

सडक गुणस्तरीय बनाउन वडा समिति र टोल विकास समितिले नियमित अनुगमन गरेकै कारण मापदण्ड भन्दा बढी निर्माण सामाग्री प्रयोग गरी निर्माण सम्पन्न भएको सडकमा टायल समेत गुणस्तरीय लगाउन टायलको गुणस्तर चेकजाच गरिएको हो ।

पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरान ८ का ल्याव टेक्निसियन दुर्गाप्रसाद प्रसाईले सदन रोडमा विछ्याउन लागिएको टायलको गुणस्तर चाहिने भन्दा बढी भएको पाइएको बताए ।

उनले टायल सामान्यतया ३५ एमएमको प्रयोग गर्नुपर्ने भएपनि सदन रोडमा प्रयोग गर्न लागिएको टायल ४० एमएम भन्दा भएको बताए ।

विगतमा सडकको गुणस्तरसँगै टायल समेत कमसल लगाउँदा चाडै भत्किने समस्या भएपछि वडा समितिको अगुवाईमा सडकरोड समन्वय समति गठन गरेर अनुगमनलाई तिबता दिइएको छ ।

ल्याबटेष्टको रिपोर्टमा टायल गुणस्तरीय पाइएको सदन रोड समन्वय समितिका अध्यक्ष सर्वजित राईले बताए ।

सदन रोड ४ सय ४८ मिटरको रहेको छ । बाटो फराकिलो पार्दै मापदण्ड अनुसारको निर्माण सामाग्री लगाएर गुणस्तरीय कालोपत्रे सडक बनेको यो रोडमा टायलमा समेत गुणस्तरीयता पाइएको धरान उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्यले बताए ।

उनले सडक निर्माणसँगै जेब्राक्रसिङ समेत निर्माणको तयारीमा रहेको उनको भनाई छ ।

केही समय अगाडि सडक छेउछाउमा वृक्षारोपण समेत गरेको वडाले सडक फराकिलो भएपछि सडक फराकिलोमात्र हैन चहलपहल बढेपछि स्थानीयहरुले समेत खुशी व्यक्त गरेको उनको भनाई छ ।

बिगतमा कमसल सामाग्री प्रयोग गरेकै कारण व्यस्त मानिएको सदन रोड बारम्बार मर्मत गरिहनुपर्ने अवस्था थियो ।

जसले गर्दा सवारी चालक, स्थानीयबासी लगायत सबै आजित  भएका थिए अब भने गुणस्तरीय सडकका कारण विगतको जस्तो समस्या नआउनेमा स्थानीयहरु ढुक्क छन् ।