धरान /धरानको पुर्ब निर्धारित कार्यक्रम निषेधाज्ञाका कारण स्थगित भए पनि हिन्दु धर्मावलम्बीले धरान बहिरका छिमेकी शहरहरुमा प्रदर्शन गरेका छन् ।

हिन्दुहरुको आस्थामाथी प्रहार भएको भन्दै प्रदर्शन गरेका हुन । पहिचानबादिका नाममा सार्बजनिक रुपमा गोरु काटेर खाएको भन्दै हिन्दु समुदाय आक्रोशित बनेको छ ।

अहिले इटहरी,बिराटनगर,बिर्तामोड,सप्तरी,उदयपुर लगाएतका ठाउमा प्रदर्सन भैरहेको सूचना प्राप्त भएको छ । 

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले धरानको समस्या समाधान गर्न बार्ता र सम्बाद गर्न आग्रह गरेको छ ।

आयोगले भनेको छ ` मन्दिर अगाडि चर्च बनाउनु र सार्बजनिक रुपमा अरुको भावनामा चोट पुग्ने गरि गोरु काटिनु घटनाको मुख्य कारण देखिएको छ´ ।

यसैबीच प्रशासनले धरानको सुरक्षा ब्यबस्था कडा परेको छ । धरानका सबै नाका अहिले बन्द गरिएको छ