धरान/ चाडबाड नजिकिदै जाँदा कालाबजारी, कृत्रिम अभाव र अखाद्य वस्तु मिसावट गरेर व्यापारीहरुले विक्री वितरण गर्ने गरेका छन् ।

धरानको एक बेसार मिलले उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबार्ड गर्दै बेसारमा खुदी मिसाएर विक्री वितरण गरेको पाइएसँगै व्यापारी व्यवसायीहरुले चाडपर्वलाई कमाउ धन्दाको अवसरको लिने गरेको पाइएको हो ।

धरानको एक बेसार पेल्ने मिलमा खुदी मिसाएर बेसार विक्री वितरण गर्ने गरेको पाइएको छ ।

धरान उपमहानगरपालिकाको अनुगमन टोलीले अनुगमनका क्रममा ती मिल सञ्चालकले बेसारमा खुदी मिसाएर विक्री वितरण गर्ने गरेको पाइएपछि २ लाख रुपैया जरिमाना तोकिएको छ ।besar

धरानः खुदी मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले २ लाख रुपैया जरिवाना तोकेको छ ।

धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलका सञ्चालक गोर्खामान श्रेष्ठले  बेसारमा खुदी मिसाएर पिस्ने गरेको गुनासो उपमहानगरपालिकाको अनुगमन टोलीसमक्ष आएपछि अनुमगन टोलीले सो मिलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो ।

अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट गरिएको १३ बोरा बरामद गरेको थियोे भने ४५ बोरा बेसार मिलमै छोडेको थियो ।

अनुगमन टोलीको फिल्ड रिपोटको आधारमा बिहिबार उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैया गरिवाना गर्ने निर्णय गरेको छ ।

अनुगमनका क्रममा मिल सञ्चालकले विष्णुपादुकाको बेसार भन्दै उपभोक्तालाई विक्री वितरण गर्ने गरेको पाइएको थियो ।

विष्णुपादुकालाई धरान उपमहानगरपालिकाले बेसार जोनको रुपमा विकास गर्दै लगेको छ । यहाँको बेसार अन्य ठाउँमा समेत प्रचलित छ ।

विष्णुपादुको बेसार भन्दै उपभोक्ताको स्वास्थ्यमाथी खेलबार्ड गदै विक्री गर्ने गरेको पाइएपछि कारबाही अगाडि बढाइएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

मिल सञ्चालक र व्यपारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट जनाइएको छ ।

मिललाई सञ्चालनमा रोक लगाइएको छ । जरिवाना वापतको रकम मिल सञ्चालकले रकम जम्मा गरेपछिमात्र पुनः सञ्चालनको अनुमति दिइने भएको छ ।

वरामद गरेकोे १३ बोरामा ६२३.५ केजी मिसावट गरिएको बेसार पाइएको थियो भने मिलमै राखिएको ४५ बोरामा करिब २ हजार किलो मिसावट गरिएको पाइएको थियो ।

मिल सञ्चालक गार्खामान श्रेष्ठले गल्ति स्वीकारेका स्वीकार्दै माफी मागेका थिए ।

खाद्य निरीक्षक वादल चेम्जोङले खुदीलाई बेसार जस्तो देखाउन फुड कलर पनि मिसाउने गरेको पाइएको बताउनुभयो ।

यसले एकातिर सिधै ठगी भएको र अर्कोतर्फ उपभोक्ताको स्वास्थ्यमाथि खेलबार्ड गरेको बताइन् ।