धरान/धरान इटहरी सडक खण्ड अन्र्तगत सेउती पुल देखि पानीपिया सम्मको सडक निर्माणमा ढिलाई भएको भन्दै यातायात ब्यबसायी र मजदुरहरुले सुरु गरेको अभियानमा धरानका पाँच राजनैतिक दलले ऐक्यबतद्धा जनाएका छन् ।

विहिबार सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै धरानका पाँच दलले सेउती पानीपिया क्षेत्रको सडक निर्माण कार्य तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएकाका छन् ।

press-rels.

नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओबादी केन्द्र,जनता समाजबादी पार्टी र एकिकृत समाजबादी पार्टीका नगर अध्यक्षहरुले सयुक्त विज्ञप्ति जारी गदैै यातायात ब्यबसायी र मजदुरहरुले राखेका माग पुरा गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘ पूर्वी पहाडी जिल्ला जोड्ने राजमार्ग निर्माण प्राथमिकतामा रहनु पर्नेमा राज्यको कमजोर संयन्त्र तथा ठेकेदार कम्पनीको गैरजिम्मेवारीपनले उक्त सडक समयमा निर्माण हुन नसकेको हाम्रो बुझाई रहेको छ ।’

विज्ञप्तिमा  उक्त क्षेत्रमा काम गर्न कुनै पनि बाधा नरहेको तर जिम्मेवार सरकारी पक्ष तथा ठेकेदार कम्पनीले समय सीमा भित्र काम नसकी ढिलासुस्ती गर्नुमा सरकारी पक्ष र ठेकेदार पक्षबिच लेनदेनको असमझदारी रहेको कुरा स्पस्ट भएको बताइएको छ ।

‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं,नेपाल ट्रक यातायात व्यवसायी महासघं,नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन,अखिल नेपाल यातायात मजदुर सघं र नेपाल यातायात मजदुर सघंको कोशी प्रदेश समितिले मिति २०८०/०६/०८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाएको ध्यानाकर्षण पत्रले आम नागरिक,यातायात व्यवसायी,मजदुरलाई परेको समस्यालाई प्रस्टसँग बुझाएको छ ।

यातायात व्यवसायी तथा मजदुरबाट ध्यानाकर्षण सहित  राखिएका माग र कार्यक्रमहरूप्रति हाम्रो ऐक्यबद्धता रहेको प्रस्ट पार्न चाहन्छौ ।’ विज्ञप्तिमा भनिएको छ ।

दलहरुको तर्फबाट पटक पटक सरकारलाई यस विषयमा लिखित तथा मौखिकरुपमा ध्यानाकर्षण गराएको समेत स्पष्ट पार्दै यातायात व्यवसायी तथा मजदुरहरूका तर्फबाट राखिएका माग तत्काल सम्बोधन गर्न र सडक निर्माण कार्य सम्पन्न गर्न सरकारी पक्षसँग माग गर्दछौँ–विज्ञप्तिमा भनिएको छ ।