धरान/ जिल्ला बास्केटवल संघको पाचौ अधिवेशनबाट नारायण सुवेदी दोस्रो पटक सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका छन ।

धरान १० न.वडा कार्यलयको सभाहलमा वुधवार संपन्न पाचौ अधिवेशनले सुवेदीको नेतृत्वमा १५ जनाको कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।

सुवेदीको नेतृत्वमा उपाध्यक्षमा विवेक राई, सचिव विकास चाम्लिङ राई, सहसचिव युगल लिम्वु र कोषाध्यक्षमा डा. आशा राई पदाधिकारी रहेका छन ।

यसै गरि सदस्यहरुमा विकाश वनेपाली, रेखा गुरुङ, गौरवमान श्रेष्ठ, रन्जित लिम्वु, रविन गुरुङ, आस्था राई, नुप राई, चिरन्जिवि गिरि, अधिप श्रेष्ठ र वृजेस तामाङ रहेका छन् ।

अधिवेशनको उद्घाटनमा प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य रोशनि राई, विशेष अतिथि कोशी प्रदेश बास्केटवल संघका उपाध्यक्ष रोशन राई, सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख यादव कार्की, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमका संघका अध्यक्ष सुवेदीले संगठनले अहिले सम्म गरेको कार्य र आगामि योजनाको विषयमा जानकारी गराउदै जिल्ला वास्केटवल संघ, सुनसरी विघटन भएको घोषण गरको थिए ।

घोषण संगै सुवेदीले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको अधिवेशन अध्यक्ष मण्डललाई कार्यक्रम हस्तान्तरण गरेको थिए ।

अध्यक्ष मण्डलले कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य रोशनि राईको संयोजकत्वमा कोशि प्रदेश बास्केटवल संघ उपाध्यक्ष रोशन राई र सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख एवं प्रतिनिधि यादव कार्की सहित तिन जनाको निर्वाचित समिति गठन गरि निर्वाचन प्रकिया अगाडि वढाएको थिए ।

निर्वाचन प्रकियामा सुवेदीको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो ।

निर्वाचित अध्यक्ष सुवेदिको यो दोस्रो कार्यकाल हो । सुवेदिको कार्यकालमा सातौ, आठौ र नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुनसरी लगातार प्रदेश च्याम्पियन वनिसकेको छ ।

सुनसरीका वैभव योगि अन्डर १६ राष्ट्रिय वास्केटवल टिममा छनौट हुदै नेपालको प्रतिनिधित्व गर्दै अन्डर १६ साउथ एशियन गेमका लागि वंगलादेश खेल्न गएका थिए । 

यसै गरि डा. आशा राई महिला राष्ट्रिय वास्केटवल टिममा पर्न सफल हुदै १३ औ सागमा सिल्भर मेडल र प्रशिक्षक विकास चाम्लिङ राईले व्रन्ज मेडल जित्न सफल भएका थिए । सुवेदीकै पालामा १३ औ साग तयारीका लागि नेपालको महिला पुरुष दुवै टिमको ४९ दिन धरानमा वन्द प्रशिक्षण कार्यक्रम संपन्न भएको थियो ।

सुवेदीले धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहकार्यमा ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ क्याम्पको आयोजना गरि सय जना भन्दा वढि उदयीमान बास्केटवल खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गरि अध्ययन गराइरहेको छ । यस संगै बास्केटवल संघले प्रदेशमा हुने विभिन्न प्रतियोगितामा प्राविधिक सहयोग तथा प्रतियोगिता आयोजना व्यवस्थापनमा सहयोग गर्दैै आइरहको छ ।