धरान /विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न धरान स्थित  यु.एन.नबोदय कलेजले ट्यालेन्ट शो शुरु गरेको छ ।

धरान-१६ स्थित यु.एन.नबोदय कलेजले गत बिहिबार देखि आयोजना गरेको ट्यालेन्ट शो मा कक्षा-११ मा अध्ययनरत बिद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कलेजले  प्रत्येक बर्ष ट्यालेन्ट शो गरिदै आएको यु.एन. नबोदयका क्याम्पस प्रमुख तथा प्रीन्सिपल डम्बर कुमार तुम्बापोले बताए ।

IMG_3926

384764858_3844779639082562_8473402330379901509_n

आज पनि कविता, बक्तृत्वकला लगायतका ट्यालेन्ट शो भएको तुम्बापोले जनकारी दिए।

कार्यक्रमले बिद्यार्थीहरु भित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गर्न मद्दत पुग्नुका साथै उनीहरुले उचित प्लेटफर्म पाउने कलेजका अध्यापक राम बहादुर लिम्बुले बताए।

ट्यालेन्ट शो का निर्णायकहरुमा नृत्यका राष्ट्रिय कोरियोग्राफर प्रीतम साम्बाहाम्फे, सङ्गीत प्रशिक्षक बिनायक राई, नृत्य प्रशिक्षक सन्तोष तामाङ, एस-ई.ई.डान्सिङ स्टार सिजन -१ कि बिजेता नुमा लिम्बू, कलेजका अध्यापकहरु नाम्लिङ्हाङ चेम्जोङ, अनिमेस बास्तोला र सिर्जना लिम्बू रहेका थिए।

ट्यालेन्ट शो कार्यक्रम कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको थियो।

382979840_3844754345751758_1588859170926172840_n382413595_3844754785751714_3643069268941188221_n383229101_3844760105751182_427566558444659_nIMG_3927383149844_3844757149084811_3596301400116570141_n383149844_3844757149084811_3596301400116570141_n383320858_3844756732418186_6648076847361321849_n383524474_3844755532418306_2154618118704800342_n