सुनसरी/  नेपाल बिद्युत प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि सुनसरीका १२ वटै स्थानिय तहले करोडौ रूपैया बिद्युत महसुल रकम नबुझाएको विवरण सार्वजनिक गरिएको छ ।

प्राधिकरणले आइतबार शुल्क बुझाउन चेतावनी स्वोरूप स्थानिय तहका नाम र बुझाउनुपर्ने शुल्क सहितको विवरण सार्वजनिक गरेको हो ।

जसमा सुनसरीको १२ वटै स्थानिय तहले बिद्युत महशुल नबुझाएको प्रस्ट देखाएको छ ।

स्थानिय तहको क्षेत्र भित्र पर्ने राजमार्ग तथा भित्री सडकको पोलहरूमा जडान गरिएका बत्ती एवम कार्यालय समेतले प्रयोग गरेको बिजुली महसुल नबुझाएको प्राधिकरणले उल्लेख गरेको छ । जसमा सबै भन्दा बढी इटहरी उपमहानगरले झन्डै ३ करोड महशुल बुझाउन बाकि देखिएको छ ।

उपमहानगरले २ वटा बितरण केन्द्र मार्फत बिद्युत सेवा प्रयोग गर्दै आएको छ । जसमा इटहरी बितरण केन्द्र र इनरूवा बितरण केन्द्र रहेका छन ।

उपमहानगरले इटहरी बितरण केन्द्रको मात्रै २ करोड ९६ लाख ९१ हजार ५१३ रूपैया ३६ पैसा प्राधिकरणलाइ बुझाउनु पर्ने देखिएको छ ।

त्यस्तै इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापतको २ लाख ६७ हजार ३ शय रूपैया बिद्युत महशुल बुझाउन बाकि देखिएको प्राधिकरणले विवरणमा उल्लेख गरेको छ ।

उपमहानगरले मुख्य राजमार्गमा जडान गरिएको बत्ती हुदै भित्र सडक बत्ती र कार्यालय स्वयमले प्रयोग गरेको सेवा शुल्क समेत प्राधिकरणलाइ नबुझाएको उल्लेख गरेको छ ।

त्यस्तै धरान उपमहानगरले पनि सडक बत्ती बाले बापत र कार्यालयभित्र उपयोग गरेको सेवा सहितको २ करोड ५९ लाख ८१ हजार ९२४ रूपैया बिद्युत महशुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।

त्यस्तै इनरूवा नगरपालिकाले २ करोड ३८ लाख ८० हजार ३६३ रूपैया , रामधुनी नगरपालिकाले इटहरी बितरण केन्द्रबाट सेवा लिए वापतको ६१ लाख ९१ हजार , ३८५ रूपैया ९२ पैसा र इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापत ६७ लाख ९२ हजार ,४९ रूपैया ४६ पैसा बिद्युत महशुल बुझाउनुपर्ने देखिएको छ ।

त्यस्तै दुहबी नगरपालिकाले ८१ लाख ६७ हजार ११६ रूपैया ४ पैसा , बराह नगरपालिकाले १ करोड ,६ लाख ४१ हजार १५ रूपैया महशुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।

त्यस्तै गाउपालिकाहरूमध्ये सबैभन्दा बढी हरिनगरा गाउपालिकाले बिद्युत महशुल बुझाउनुपर्ने विवरणमा उल्लेख गरेको छ ।

हरिनगगराले इनरूवा बितरण केन्द्रबाट सेवा लिए बापतको १ करोड ३८ लाख ३७ हजार ३६४ रूपैया बिद्युत महशुल बुझाउनुपृने उल्लेख गरिएको छ भने कोशी गाउपालिकाले ३३ लाख ७६ हजार ८०९ रूपैया ८० पैसा , भोक्राहा गाउपालिकाले ८७ लाख ४२ हजार ७१४ रूपैया ३२ पैसा , देवानगञ्ज गाउपालिकाले १ करोड ,

१ लाख ५७ हजार ९६० रूपैया १५ पैसा , गढि गाउपालिकाले दुहबी बितरण केन्द्रबाट सेवा लिए बापतको २५ लाख ८७ हजार ७९२ रूपैया ९६ पैसा र इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापत ५ लाख ३४ हजार ६ सय रूपैया बिद्युत महशुल बुझाउनुपर्ने देखिएको छ ।

त्यसैगरी बर्जु गाउपालिकाले ९ लाख २७ हजार ८२८ रूपैया ७५ पैसा बिद्युत महसुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणको प्रधान कार्यालय काठमाडौले पटक पटक पत्रचार गर्दा पनि अटेर गर्दै बिद्युत महशुल नबुझाएपछि देशभर ३ सय ३२ स्थानीय तहहरुको नाम र बुझाउनुपर्ने महशुल शुल्क सहितको विवरण सार्वजनिक गरेको हो ।

जसमा सुनसरी मोरङ झापाका कुनै पनि स्थानिय तहहरूले राजमार्ग तथा भित्री सडकमा प्रयोग गरिएका बत्ती र कार्यालयहरूमा लिएको सेवा बापतको बिद्युत महसुल नबुझाएको भन्दै प्राधिकरणले देशभर ३३९ वटा स्थानिय तहहरूको विवरण सार्वजनिक गरेको हो ।

प्राधिकरणले उक्त महसुल शुल्क ४५ दिन भित्र नबुझाए बिद्युत महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कार्वाहि प्रकृिया अघाडी बढाउने चेतावनि समेत दिएको छ ।