धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यरत चिकित्सक, शिक्षक, कर्मचारी लगायतको बढुवा गर्ने गर्ने विषयमा प्रतिष्ठान प्रशासनले गम्भीरता नदेखाएको भन्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन काठमाण्डौ लागेका छन् ।

बढुवाका विषयमा प्रतिष्ठानसँग पटक पटक सम्झौता भएपनि कार्यान्वयन नभएपछि केन्द्रमै गएर आफ्नो मागको सम्बोधन गर्न दबाब दिने उद्देश्यले उनीहरु काठमाण्डौ लागेका हुन् ।

बढुवा तथा सेवा सुविधाको विषयमा प्रतिष्ठान गम्भीर नभएको भन्दै शिक्षक कल्याण समाजको टोली काठमाण्डौ लागेको हो ।

लामो समयदेखि रोक्का गरिएको र बढुवा प्रक्रियालाई सुचारु राख्ने विषयमा यस भन्दा अगाडि उनीहरुले परीक्षा शाखामा लगाएको ताला लगाएर आन्दोलन शुरुवात गरेका थिए ।

कामकाज नै ठप्प बनाएर आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानसँग बढुवा प्रक्रियालाई निरन्तता दिने सम्झौता भएपनि कार्यान्वयन नभएपछि उनीहरुले प्रतिष्ठानका उपकुलपति एवम् नेपाल सरकारका प्रधानमन्त्री तथा सहकुलपति एवम् स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउन काठमाण्डौ लागेका हुन्

बढुवाको विषयमा प्रतिष्ठान प्रशासनले बारम्बार आश्वासन दिने, सहमति गर्ने गरेपनि सम्बोधन गर्न नसकेको निकम्वा प्रतिष्ठानबाट माग पूरा हुन नसक्ने भएपछि काठमाण्डौमै दबाब दिने उद्देश्यले शिक्षक कल्याण समाजको टोली बाध्य भएर नै दबाब दिन केन्द्रमै जानुपरेको शिक्षक कल्याण समाजका अध्यक्ष डो शेहराज अहमत खानले बताए ।

उनले  प्रतिष्ठानबाट आफ्नो माग पूरा नहुने देखेपछि सिधै केन्द्रसँग माग राख्न टोली नै गएको बताए ।

बा ५ ख ५९८१ नम्बरको हाइसमा सहित अन्य सवारी साधनमा ५० देखि ६०  जनाको टोली दबाब दिनका लागि केन्द्र गएको हो ।

केन्द्रमा गएर विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको बढुवाको विषयमा प्रष्टसँग कुरा राख्दा तार्किक निष्कर्ष निस्कने अपेक्षाका साथ आफूहरु दबाब स्वरुप काठमाण्डौ प्रस्थान गर्न लागेको आन्दोलरन चिकित्सक डा. विष्णु पोखेरेलले बताए ।

विगत ६ बर्षदेखि बढुवा प्रक्रिया रोकिएको उनीहरुको भनाई छ । विगतमा प्रतिष्ठानले बढुवा प्रक्रियालाई अगाडि बढाए पनि बीचैमा रोकिएको थियो ।

उनीहरुले रोकिएको बढुवा प्रक्रियालाई सुचारु गर्न प्रतिष्ठानमा लामो समय आन्दोलन गरेका थिए । अन्दोलनपश्चात बीपी प्रशासनसँग सहमति समेत भएको थियो तर सहमति भएको लामो समयपछि  कार्यान्वयन नभएपछि आफ्नो माग पूरा गराउन प्रतिष्ठान केन्द्रित आन्दोलनको औचित्य नभएको उनीहरुले बताएका छन् ।

गत भदौ २४ गते समाजसँग पदाधिकारीहरुले अवरुद्ध भएको बढुवा प्रक्रिया एक महिनाभित्र सुचारु गर्ने सहमति गरेका थिए । तर एक महिना बित्न लाग्दा समेत प्रतिष्ठानले पहलकदमी नगरेको उनीहरुको आरोप छ ।

असोज २६ गतेभित्र प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले समेत आफ्नो माग पूरा नगरेमा  प्रतिष्ठानका शिक्षकहरुले सामुहिक राजिनामा दिने चेतावनी समेत दिएका छन् ।