धरान/ “विश्वासका लागि एकसाथ”भन्ने मुल नाराका साथ सोमबार १ सय ४९ औ विश्व हुलाक दिवस मनाएको छ । प्रत्येक वर्ष अक्टोबर ९ तारिखका दिनमा यो दिवस मनाईन्छ ।
सुनसरीको जिल्ला हुलाका कार्यालय धरानले पनि एक कार्यक्रमको आयोजना गरी सोमबार बिश्व हुलाक दिवस मनाएको छ । दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय धरानका ४ जना हल्कारा तथा एक जना हुलाकीलाई नगद सहित सम्मान गरिएको छ ।
समान्नीत हुनेहरुमा मधुवन ईलाका हुलाक कार्यालयका दिनेश कुमार मण्डल, लौकही ईलाका हुलाक कार्यालयका ईन्द्र मण्डल, ईनरुवा ईलाका हुलाक कार्यालयका गोपाल बहादुर कार्की,,
भुटाहा ईलाका हुलाक कार्यालयका पर्शुराम मण्डल तथा महेनद्रनगर ईलाका हुलाक कार्यालयका उद्धब चौलागाई रहेका छन् । उनीहरुलाई सम्मानपत्र सहित जनही नगद ५ हजार प्रदान गरिएको थियो ।
कार्यक्रमलाई स्म्बोधन गर्दे जिल्ला हुलाक कार्यालय धरानका हुलाक अधिकृत कृष्ण कुमार कार्की ढोलीले सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट शुरु भएकोले हुलाकको महत्वलाई अरुसैग तुलना नै गर्न नहुने बताए ।
उनले उहिले आफ्नो ठाउँ भन्दा पर अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्थे भने धेरै परसम्म चिठी र खबर पु¥याउन धेरै जना हुलाकीहरूले आफ्नो जिवनकाल नै बिताएको पनि यहि हुलाकमा पाईएको तसर्थ पनि आज उनीहरूको सम्झना गर्ने दिन पनि बिश्व हुलाक दिवस रहेको बताए ।
उनले आफना मातहातका सबै कर्मचारीहरुलाई जनताको सेवा ईमान्दारी पुर्बक गर्न निर्देशन समेत दिए ।
बिश्व हुलाक दिवसको अवसरमा सम्मानीत भएका दिनेश कुमार मण्डलले नेपालको हुलाक सेवाले चुनौतीको रुपमा नलिई हुलाक सेवालाई समयसापेक्ष परिवर्तन गर्न सके हुलाकको औचित्य बढ्ने बताए ।
उनले यसका लागी हल्कारा हुलाकी मात्र नभई, अन्य माथिल्लो ओहादाका कर्मचारीहरुले पनि ईमन्दारीता देखाउनुपर्ने बताए ।
हुलाक सेवाका क्षेत्रमा काम उपस्थित सम्पुर्णले बिश्व हुलाक दिवसको शुभकामना दिँदै हुलाक क्षेत्रमा भएको हालको अवस्थामा विभिन्न बाधा र समस्याहरुका बीच पनि कर्तव्यप्रति सजग रही खटेर काम गर्ने सम्पूर्ण हुलाककर्मी एवं हुलाक सेवाको उपयोग गर्ने सेवाग्राहीहरु र हुलाकको काममा प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग र्पुयाउने कुरामा जोड दिएका थिए ।
जिल्ला हुलाका कार्यालय धरानका हल्कारा भरतराज शर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य कार्यालयका नायव सुब्बा केशर लक्ष्मी रायमाझी र बधाई शुभकामना मन्तब्य भने ईलाका हुलाक कार्यालय धरानका लक्ष्मी न्यौपानेले राखेका थिए । यसै बीच जिल्ला हुलाक सुनसरीले पहिलो सेवाग्राहीका रुपमा हुलाक टिकट किन्ने धरान १८ का विष्णुकुमार राईलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको छ ।
जिल्ला हुलाक कार्यालय सुनसरी धरानले हालसम्म चिट्ठी आदानप्रदान बाहेक पार्सल सेवा, डाक सेवा, इएमएस द्रुत सेवा, पोस्टबक्स सेवा, सन्चार माध्यम अनुगमन, सरकारी कार्यालयको सूचना केन्द्र, एक सय वाटसम्मका एफएम रेडियो नवीकरण, प्रेस कार्ड वितरण, वर्गीकृत पत्रपत्रिकाको भूक्तानी लगायतका सेवा दिंदै आएको छ ।




















