धरान / नेकपा एमाले धरानले धरान उपमहानगरपालिकाले तोकेको सवारी तथा पटके करको विरोध गरेको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमाले धरानले धरान उपमहानगरपालिका विधिमा नभइ ‘मुड’मा चलेको बताएको छ । चाडवर्पको विदाका बेला कर बृद्धी गरी ठेकेदारलाई असुल्न जिम्मेवारी दिनेकार्य षडयन्त्रपुर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।uumale

जनमैत्री कर प्रणालीको निती अनुसार कर निर्धारण हुनुपर्नेमा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको ‘मुड’अनुसार भएको विज्ञप्तिमा उल्लेख छ ।

ठेकेदार मार्फत आफ्ना स्वार्थ पुरा गर्न आम नागरीक,मजदुर,ब्यापारी ब्यबसायी लगायतलाई करको भारी बोकाएको एमालेको आरोप छ ।

एमाले धरानका अध्यक्ष हर्कजङ एभेङद्धारा हस्ताक्षरीत विज्ञप्तिमा उक्त ठेक्का रद्धगर्न चेतावनी दिइएको छ ।