इलाम/  प्रदेश संसद तथा पूर्व मन्त्री रामबहादुर राना मगरले अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्ने बताए ।

संसद रानाले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मानव अधिकार वर्ष पुरस्कार २०८० वितरण र इलामको मानव अधिकार अनुगमन तथा अधिलेखिकरणको स्थीति विषयक छलफल कार्यक्रममा अधिकार खोज्नेले अरूको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिए ।

‘पहिचानवादीको आन्दोलनलाई संकेत गर्दै संसद रानाले भने, ‘विमती शान्तिपुर्ण हुनुपर्छ, संवैधानिक हुनुपर्छ, जे भइरहेको छ, यो अपराधिक कृयाकलाप हो ।’

रानाले अधिकार प्रयोग गर्दा कानुनी प्रकृया समेत पुरा गर्नुपर्ने जोड दिदै, प्रदेशको नाम बैधानिक रूपमा फेर्न सकिने बताउँदै, नाममा बिमती हुँनेलाई बैधानिक बाटो अंगाल्न आग्रह समेत गरे ।

जातको विभिन्न विषयमा सम्बोधन भएको जानकारी गराउँदै सामुहिक आक्रमण छानी छानी किन हुन्छ भनेर प्रश्न गर्दै भने, ‘सबै खालका पहिचान समेट्न प्रदेशको नाम कोशी आएको प्रष्ट पारे ।’

मानव अधिकारको सवालको विषयमा संसद रानाले अहिले शिक्षा, स्वथ्य र न्याय खर्चिलो बन्दै गएको बताए ।

उनले भने, ‘महंङ्गीकै कारण नागरिक समस्यमा परेका छन् । यस विषयमा महंङ्गी नियन्त्रण गर्न आवश्यक छ । स्वाथ्यको विषयमा विभिन्न सुविधा छन् । तर आम नागरिकमा सेवा पुग्न सकेको छेन ।’

आम नागरिकमा आर्थिक जीवनस्तर सुधारका कार्यक्रम आवश्यक रहेको भन्दै, विकासका पूर्वाधार समेत समय सीमामा सकिनु पर्नेमा जोड दिए ।