धरान/ सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सँस्कृति मन्त्री सुदन किरातीले सार्वजनिक कार्यक्रममा धर्मसँग विवादित गरेको कुराको विषयलाई बचाउ गरेकी छन् ।

मन्त्री शर्माले नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका मन्त्रीले बोलेको कुरा संविधानसम्मत  हुने बताउदै उनले बोलेको कुरा संविधानसम्मत भएको बताइन् ।

मन्त्री  किरातीले क्रिश्चियनको एक कार्यक्रममा बोलेका कुरा अहिले सञ्चारमाध्यममा धेरै उचालिएको बताउदै उनको आशय कुनै धर्म विरोधी नभई धर्मनिरपेक्षमा आधारित भएको बताइन् ।

सरकारका मन्त्रीहरुले जहिल्यै संविधानभन्दा बाहिर गएर बोल्न नपाइने भएकोले उनले बोलेको कुराको आशय धर्मनिरपेक्ष राष्ट्रको विरुद्धमा नभएको भन्दै बचाउ  गरिन् ।

पछिल्लो समय राजावादीहरु सल्बलाएको विषयमा मन्त्री शर्माले अहिले लोकतन्त्रमा सबैलाई बोल्ने छुट भएकाले राजावादीहरुले अहिले यही गणतन्त्रकै जगमा बसेर उचालेको बताइन् ।

उनले लोकतन्त्रमा बोल्ने छुट भएको बताउदै संविधानभन्दा बाहिर बोल्ने, भ्रष्टार गर्ने कसैलाई छुट नहुने बताइन् । उनले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको कारण जनताको विश्वास जितेको दावी गरिन् ।

फरक प्रंसंगमा मन्त्री शर्माले संक्रमणकालीन न्यायको कुरालाई छिट्टै टुंटोमा पु¥याउने बताइन् ।

उनले सेना सेमायोजन र संविधान निर्माण भइसकेको अवस्थामा संक्रमणकालीन न्याय बाँकी रहेको बताउदै यसलाई सबै दलसँग सहकार्य, सहमति र छलफल गरेर टुङ्गो वताउदै सहमति नभए वहुमतको आधारमा भए पनि टुङ्याउने बताइन् ।

 सामाजिक सञ्जालमा देखिएका विकृती ऐन वनाएर नियमन गर्ने उनको भनाई थियो ।